News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • टुडिखेलमा जे देखियो

    कमला थापा
    ३७३ पटक
    २०८१ भाद्र १६ गते आईतबार

    काठमाण्डौं। यहि भाद्र ९ गते सुदूरपश्चिमा मनाईने महत्वपूर्ण गौरा पर्वको उदघाटन कार्यक्रम समारोहमा प्रधानमंत्री, पूर्वप्रधानमन्त्री प्रमुख अतिथिका रुपमा टुडिखेलमा उपस्थित भएको कार्यक्रममा, उपस्थीत जनसमुदायको आक्रोशले प्रधानमन्त्री पूर्वप्रधानमन्त्रीको राम्रो स्वागत गरेको देखियो। अब नेताहरु जहां जान्छन जन आक्रोशले नेताहरुलाई घेर्ने र भ्रष्ट नेताहरुलाई लखेट्न सुरु हुने देखिन्छ। यो‌ त सुरुवात मात्र हो। पुरा फिल्म आउन बांकी नै छ।

    प्रधानमन्त्री केपि शर्मा ओलि एक/दुई शब्द बोलेर तुरुन्तै फर्किए भने, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोशित भिडलाई गालि गरेको सुन्न लायक थियो। “अर्काको कार्यक्रम बिथोल्ने ?” लाज लाग्दैन, जति कराउछौ कराउ तिमिहरु कराएर केहि हुनेवाला छैन। लाज त जनता मारा नेताहरुलाई पनि हुनुपर्ने थियो। तर लाज पचाएर उल्टै उपस्थित आफ्नै कार्यकर्ताहरुलाई गाली गर्न समेत भ्याउनु भयो। उहांको भनाईबाट के बुझ्ने ? जनता तिमिहरुले जतिनै बिरोध गरे पनि हामि आफ्नो काम-धन्दा भ्रष्टाचार गर्न छोडने वाला छैनौ भन्न खोजेको हो ? भ्रष्टाचारबाट किर्नो मोटाए झै मोटाएकाहरुलाई देश, जनता, राष्ट्र, राष्ट्रियताप्रति के खाचो थियो र ! आफ्नै पार्टीको जिम्मेवार पदमा भएको साथिको पैसा त १०/१० बर्षसम्म नदिएर बस्न सक्ने भ्रष्टलाई त्याहां बोल्न कत्ति पनि शरम नभएको दृश्यले जनसमुदाय अझै उत्तेजित भएको देखिन्थ्यो।के यो भ्रष्ट चरित्रको ज्वलन्त उदाहरण हैन ? नारावाजी गर्ने दुई यूवाहरुलाई पक्रिएको छ। यिनिहरुलाई सरकारले तुरुन्तै रिहा गर्नुपर्छ। किन हिजो हामिले पनि त राजाका पालामा यो भन्दा कडा नारा, जुलुस गरेका थियौ। गणतन्त्रसम्म आईपुग्दा बिर्सिने ? जनताले बोल्न पनि नपाउने ? मूलुकमा लुटतन्त्र मच्चिएको छ। जनताले त्यस बिरुद्ध बोल्न‌ नपाउने ?

    पार्टिको जिम्मेवार जवाफदेही निकाय भनेको पार्टी केन्द्रिय समिति हो। कांग्रेसमा १५७ जनाको केन्द्रिय समिति छ। ति मध्ये अहिले १४ औ महाधिवेशनबाट आयका एकआद सदस्य बाहेक सबैलाई दर्ता भएको पत्र हातहातमा पुगेको छ। नेपाली कांग्रेस जस्तो देशको जिम्मेवार पार्टिका दर्जनौं पदाधिकारीहरु छन्। तिनिहरुलाई लाज लाग्दैन ? आफ्नै साथीको त्यत्रो ठूलो रकम पार्टिले दिनैपर्छ। अन्यथा हामिलाई चुनावमा जनतासंग मुख देखाउन गारो हुन्छ! भन्न‌ सक्दैनन् ? तर ति पनि बोल्दैनन् कारण अर्कालाई परेको मर्कासंग के मतलवको अबस्थामा बसेका छन्। यो दास मनोबृद्धि र भ्रष्ट चरित्र हो। सधै आफैलाई मात्र नपुगेको अरुको हितमा ‌काम गर्ने मनसाय नभएको भन्ने बुझ्न गारो छैन। यस्ताले अब देश बनाउछन् ? भनेर जनताले पत्याईदिनुपर्ने ?

    “नेपाली कांग्रेसको ईतर पक्षले पनि केवल कार्यकर्ता भुलाउने तर‌ आफ्नो दुनो चांहि सधै सुरक्षित राखिरहने, मैले भनेको हो तर नेतृत्वले टेरेन मात्र भनेर उम्किने कोशिस नगरुन। पार्टि केन्द्रिय सतमिति भनेको आफ्नो मात्र गुनासो गर्ने, पद सुरक्षित राख्ने ठाउँ होईन, कार्यकर्ताको गुनासो र परेका उजुरीहरु छानबिन गरेर कार्यकर्तालाई न्याय दिने प्रमुख दायित्व बोकेको सर्बोच्च निकाय पनि भएकोले आजको बैठकमा १०/१० बर्षदेखी अन्यायपूर्ण रूपमा राखिएका निबेदन उपर अबिलम्ब बहस छलफल गरी कार्यान्वयन गर्दै पिडित ब्यक्तिलाई न्याय दिईयोस्। अन्यथा लहरो तान्दा पहिरो नजावस यो मेरो बिनम्र आग्रह र चेतावनी पनि हो।”

    पार्टिको इतर पक्ष पनि नेतृत्वले एउटा सानो फ्याकिदिएको टुक्रामा रमाएको र नेतृत्वको अगाडी बफादार देखाउनमै रमायको देखिन्छ। हरेक कुरामा भागबण्डा लिई नै रहेकाछन्। तर जनताको पक्षमा काम गर्न भने पछि हट्ने डन धन र बिचौलियाहरुको मात्र झुण्डमा भुलेको देखिन्छ। तर मासबेस पार्टिलाई त्यो पर्याप्त भने होईन। आजका जनता धेरै बौद्धिक र सचेत भैसकेका छन्। नेतृत्वले हत्केलाले सूर्यलाई ढाकेर संसार अन्धकार छ भन्ने भ्रममा नपरोस। आगोको झिल्का ठूलो चाहिदैन। सानो चिगंगारी डढेलोको लागि काफी हुन्छ। भन्ने हेक्का राखेको खण्डमा मात्र भलाई होला ।

    गुटबन्धिले तहसनहस बनाएको पार्टि त्यसमा पनि स्व. गिरिजाबाबुले आफु राष्ट्रपति हुनका लागि फुटेर गएको गुटलाई ०६४ को संबिधान सभामा ६०/४० को भागबण्डा गरेर पार्टि एक बनाउनु भयो। तर आफु राष्ट्रपति हुन पाउनु भएन। त्यही भागबण्डा आज झागिंदै गुटउपगुटमा फैलिएको छ। तर ४० प्रतिशतका दावेदार इतर पक्ष पनि आफ्नो स्वार्थ बाहेक आफ्नै निकटका कार्यकर्ता जस्ले पार्टिलाई समस्या पर्दा सहयोग गरेको र अहिले पनि सहयोग गरिरहेको साथिको बिषयमा एक शब्द खर्च नगर्ने। तर मन्त्रीदेखि हरेक अबसरमा आफ्नो भाग भने लिईनै रहने अरुको लागि बोल्नसम्म नसक्ने हो भने। त्यस्तो नेतालाई कार्यकर्ता र जनताले भोली कसरी बिश्वा गर्दछन् ? बरिष्ठदेखि कनिष्ट कार्यकर्ता भएको पार्टिले अब पनि देश र जनताको लागि काम गर्छ ? भनेर जनताले कसरी पत्याउलान ?

    कम्निस्ट पार्टिहरु जस्तै नेपाली कांग्रेस पनि बुढो अजिंगर सर्प जस्तै भएकै हो त ? यदि अब पनि अटेरै गरेर बस्ने हो, जति बेईजत भएपनी केही फरक पर्दैन सकेको गर ! भन्ने अबस्थामा पुगेको हो भने, भोली यस्तो दिन नआओस् एकजना धुरी छाउन गएको ब्यक्तिले भनेको १२ बर्ष भयो मैले……………राखेको‌ पाप धुरिबाट कराउछ भन्थे खै कराको भन्दा उतिनै खेर प्रहरी आएर लगेको अबस्था कांग्रेसलाई नहोस्। किनकी कांग्रेस मासबेस पार्टि हो। एमाले जस्तो क्याडरबेस पार्टि हैन! आफ्नो पार्टि र नेताले जति गल्ती भ्रष्टाचार गरेपनि नेताको उखान टुक्कामा ताली बजाउने र कार्यकर्तालाई भ्रष्टाचार गर्न लगाउने अनी अदालत जस्तो भएर आफै निर्णय गर्ने। नेपाली कांग्रेस त्यस्तो नबनोस्। जुनकुरा अब जनजनको हातहातमा र‌ कानकानमा पुगिसक्यो। त्यसैले म भन्न चाहान्छु ढिलै भएपनि आफ्नो असमर्थताको कारण खुलाएर सार्वजनिक रुपमै पार्टि कार्यालयमा पत्रकार सम्मेलन गरेर उक्त ब्यक्तिको पैसा तुरुन्त फिर्ता गरियोस, हैन भने बांकी नतिजा ब्यहोर्न तयार भएर बसोस्। यो मेरो अझै नम्र अनुरोध र सुझाव हो।

    नेपाली कांग्रेस, विपीको सिद्धान्त, मुल्य र मान्यता बोकेको पार्टिलाई जनता, कार्यकर्ताप्रति थोरै पनि बिबेक, मानवियता, लोकलाज र ईमान, छ भने मेरो यो सुझावलाई गहिरिएर मनन् गरोस्। र नेपाली कांग्रेसको ईतर पक्षले पनि केवल कार्यकर्ता भुलाउने तर‌ आफ्नो दुनो चांहि सधै सुरक्षित राखिरहने, मैले भनेको हो तर नेतृत्वले टेरेन मात्र भनेर उम्किने कोशीस नगरुन। पार्टि केन्द्रिय सतमिति भनेको आफ्नो मात्र गुनासो गर्ने, पद सुरक्षित राख्ने ठाउँ होईन, कार्यकर्ताको गुनासो र परेका उजुरीहरु छानबिन गरेर कार्यकर्तालाई न्याय दिने प्रमुख दायित्व बोकेको सर्बोच्च निकाय पनि भएकोले आजको बैठकमा १०/१० बर्षदेखी अन्यायपूर्ण रूपमा राखिएका निबेदन उपर अबिलम्ब बहस छलफल गरी कार्यान्वयन गर्दै पिडित ब्यक्तिलाई न्याय दिईयोस्। अन्यथा लहरो तान्दा पहिरो नजावस यो मेरो बिनम्र आग्रह र चेतावनी पनि हो। बांकी सबै श्री पशुपतिनाथले रक्षा गरुन। जय नेपाल।

    प्रतिकृया दिनुहोस्

    कांग्रेस लुम्बिनीकी सचेतकले दिइन् राजीनामा

    रुपन्देही। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक नीमा गिरीले सोमबार पदबाट राजीनामा दिएकी छन्।...

    एनआरएनए विवादमा मिसिल झिकाउने आदेश

    काठमाडौँ। सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने...

    सुदूरपश्चिमका तीन जिल्लामा ३ दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

    धनगढी। सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा शनिबारदेखि अवरुद्ध भएको छ। तीनदिन बितिसक्दा पनि नेपाल टेलिकमको सेवा...

    पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

    बझाङ। बझाङको जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। आज बिहान पाँच बजेदेखि तमैल...

    सहकारी प्रकरणमा रवि दोषी छैनन्, समाचारमा आएका कुरामा सत्यता छैन: शिशिर खनाल

    काठमाडौं। सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समितिका सदस्य शिशिर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति...