News Portal

फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा

लिस्बनबाटै दिन थाल्यो ‘कन्सुलर’ सेवा

हिमालीसंचार संवाददाता
३०२ पटक

लिस्बन। पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ।

दूतावासबाट आएको नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको २ सदस्यीय टोलीले शुक्रबारदेखि लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा दिन सुरु गरेको हो। कन्सुलर सेवा सुरु भएसँगै प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायत कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सेवाग्राही नेपालीको भीडभाड लागेको छ।

प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट)लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीको सहजताका लागि परराष्ट्र मन्त्रालयसँगको समन्वयमा लिस्बनबाटै कन्सुलर सेवा दिन सुुुुरु गरिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए।

घुम्ती सेवाबाट दुई हजार बढीले सेवा लिने अनुमान गरिएको राजदूत भट्टराईले बताए। दूतावासले सबै खर्चको व्यवस्थापन गरेर घुम्ती सेवा सञ्चालन गरेको जानकारी दिँदै उनले दस्तुरबापतको राजस्व रकम बैङ्कमार्फत अग्रिम भुक्तानी गरेर कागजात प्रमाणीकरणको सेवा लिन सकिने बताए।

सरकारले तोकेको राजस्व दस्तुरबाहेक कुनै पनि अतिरिक्त शुल्क लिने दूतावासको नीति नरहेको बताउँदै राजदूत भट्टराईले राजस्व दस्तुरबाहेकको अतिरिक्त रकम कोही कसैलाई नबुझाउन सेवाग्राहीलाई आग्रहसमेत गरेका छन्।

टोलीले कन्सुलर सेवा विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, विवाह दर्तालगायतका कागजात प्रमाणीकरणका साथै अन्य कन्सुलरसम्बन्धी सेवा प्रदान गर्ने राजदूत भट्टराईले बताए।

टोलीले सेप्टेम्बर ३ तारिखसम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको छ। (रासस)

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...