News Portal

धादिङमा बस र माइक्रो ठोक्किंदा ८ जना घाइते

हिमालीसंचार संवाददाता
३७० पटक

धादिङ। कालुपाण्डे मार्ग अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै बस र इभी माइक्रोबस ठोक्किंदा ८ जना घाइते भएका छन्।

धादिङबाट काठमाडौंका लागि छुटेको ना ७ ख २१९८ नम्बरको बस र काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बागमती प्रदेश-००१ ज ०४२९ नम्बरको इभी माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको धादिङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

दुर्घटनामा माइक्रोबसमा सवार १५ जनामध्ये ८ जना यात्रु घाइते भएका हुन्।

घाइते माइक्रोबसका १ जना यात्रुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने, अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...