News Portal

महोत्तरीमा सशस्त्र प्रहरीद्वारा १५ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

रविन्द्र बराल
३२२ पटक

मोरङ। महोत्तरीको जलेश्वर नगरपालिका-२ मालिवडामा सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

आइतबार बिहान १० बजे सशस्त्र प्रहरी बल नेपाल गुल्म जलेश्वरबाट मालिवडा बसपार्क इलाकामा खटिएको इन्स्पेक्टर गान्धर कुमार चौलागाईंको कमाण्डको ड्युटी टोलीले भारतीय सीमा पार गरी नेपाल प्रवेश गरेको विआर ३१ एके ८८०७ भारतीय नम्बरको अल्टो कार चेकजाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको छ।

कारमा वैधानिक स्रोत नखुलेको १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँ फेला पारेको हो। कारमा सवार भारतीय नागरिकहरु जिल्ला वैशाली हाजिपुरनगर ठेगाना भएका वर्ष ३४ का ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमारलाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरिएको छ।

भारतीय ५ सय, २ सय र १ सय दरका नोटहरू हरियो रंगको झोलामा राखी कारको डिक्कीमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला परेको हो।

स्रोत नखुलेको रकमसहित पक्राउ गरिएका व्यक्ति तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...