News Portal

  • महोत्तरीमा सशस्त्र प्रहरीद्वारा १५ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

    रविन्द्र बराल
    २६५ पटक

    मोरङ। महोत्तरीको जलेश्वर नगरपालिका-२ मालिवडामा सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    आइतबार बिहान १० बजे सशस्त्र प्रहरी बल नेपाल गुल्म जलेश्वरबाट मालिवडा बसपार्क इलाकामा खटिएको इन्स्पेक्टर गान्धर कुमार चौलागाईंको कमाण्डको ड्युटी टोलीले भारतीय सीमा पार गरी नेपाल प्रवेश गरेको विआर ३१ एके ८८०७ भारतीय नम्बरको अल्टो कार चेकजाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको छ।

    कारमा वैधानिक स्रोत नखुलेको १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँ फेला पारेको हो। कारमा सवार भारतीय नागरिकहरु जिल्ला वैशाली हाजिपुरनगर ठेगाना भएका वर्ष ३४ का ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमारलाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरिएको छ।

    भारतीय ५ सय, २ सय र १ सय दरका नोटहरू हरियो रंगको झोलामा राखी कारको डिक्कीमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला परेको हो।

    स्रोत नखुलेको रकमसहित पक्राउ गरिएका व्यक्ति तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...