News Portal

  • प्रहरी दमनले जनताको आवाज बन्द हुदैन

    कमला थापा
    ८०६ पटक

    भ्रष्टाचार बिरुद्धको आन्दोलनले मुर्त रुप दिदै छ। यूवा, यूवती, बृद्ध र पिडित जनताहरु आज आठौं दिन देखी सडकमा उत्रिएका छन्। प्रहरी दमन बढ्दो छ। जनतामाथि पानिका फोहरा, बर्षाईएको छ। हिजो शनिवार माइतिघर मण्डलादेखि बानेश्वरसम्म राष्ट्रिय झण्डा बोकेका जनताको उपस्थिति हजारौंको संख्यामा थियो। यो सख्या दिन प्रतिदिन बढेर जानेछ प्रहरीको दमनले अब रोकिने वाला देखिदैन। जनतालाई सबै क्षेत्रमा निषेधाज्ञा जारी गर्दैमा यो ब्यबस्था सरकारले कतिदिन थेग्न सक्छ ?

    राष्ट्र,राष्टियता, धर्म, संस्कृति, देश बचाउन र भ्रष्टाचारी, माफिया, बिचौलिया, तस्कर, भू-माफिया, सून तस्कर, सक्कली नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर बेच्ने, गिरिबन्धु टीस्टेटको हजारौं बिघा जमिन मन्त्रीपरिषदको निर्णयमा नितिगत भ्रष्टाचार गर्नेहरुलाई अब सानोतिनो आन्दोलनले फ्याक्न सक्दैन यसको लागि जनताले आन्दोलनको ठुलै आधिबेरी ल्याउनै पर्छ। त्यस्को राम्रो तयारी भैसकेका छन्। सरकारले प्रहरीलाई कतिदिन दमनमा उतार्न सक्छ ? जनता जागेको दिन प्रहरीको पनि केही लाग्दो रहेनछ भन्ने श्रीलकां र भर्खरै भएको बंगलादेशको आन्दोलनले देखाईसकेको छ।

    “०६२/६३ सालका आन्दोलनकारी, राजाको शासनकालमा पनि अहिलेको जस्तो दमन भोगेका थिएनौ। तर आज देशमा गणतन्त्र, लोकतन्त्र छ भनिन्छ। अहिले जति जनताले दुःख, कष्ट, अन्याय गरिवी, वेरोजगारी, महंगी अनियन्त्रित बजारभाउको सामना गर्नुपरेको थिएन। यो ब्यबस्था अन्त्यको अन्तिम लडाईको लागि जुर्मुराई सकेका जनता कुनै हालतमा रोकिनु हुदैन।”

    अहिलेको मन्त्रीमण्डलमा भ्रष्टाचारमा आरोपित, नागरिक बेचुवा र माफियाहरु एकाध बाहेक सबै सरकारमा मन्त्री बनाइएको छ। गिरिबन्धु टीस्टेटका प्रमुख पात्र नै सरकार प्रमुख भएपछि भ्रष्टाचार कसरी रोकिन्छ ? कस्ले रोक्ने ? भ्रष्टाचार दबाउनकै लागि त दुई ठूला पार्टि मिलेर प्रतिपक्ष बिहिन सरकार बनाएको हो।

    यो सरकारले धर्म, संस्कृतिमाथि निर्मम प्रहार गर्दै छ। पाशुपत क्षेत्रमा भएको कोटिहोमका आयोजकमाथि गरिएको धरपकड ज्वलन्त उदाहरण हो। समापनको दिनमा गरिएको धरपकड केका लागि हो। त्यहाँ भक्तजनहरुले दिएका दान दक्षिणा सरकारले जफत गर्न खोजेको त हैन ? या अरु कुनै कारण छ ? कोटिहोम सुरु गर्नु भन्दा अगाडि धेरै कुराहरु उठेका थिए। धार्मिक र बिधि शास्त्रीय हिसाबले उपयूक्त समय पनि थिएन भन्ने कुरा संस्कृतिविद डा. जगमान गुरुङले भन्नु भएकै थियो र पंन्चाङ समितिको निणर्यको पनि उलंघन भएको कुरा नआएको होईन। यदि यो सरकारलाई निष्ठा र अनिष्टताको ज्ञान भएको भए त्यतिनै बेला किन रोकेन र अहिलेको धरपकड केका लागि ?

    नेपाली जनता हरेक कुराबाट ठग्गि रहेका छन्। भ्रष्टारबाट होस या बैंकिङ कारोवारबाट, लघुबित्त, सहकारी होस् या धार्मीक व्यापारबाट धर्मकाे नाउमा ब्यापार भयको छ। शोधेसी पण्डितहरुको काम छैन। बिदेशबाट जस्लाई बोलाए पनि भएको छ। धर्मका नाउँमा बाचन शिरोमणिहरुले जति आफ्नो मुल्य तोके पनि भएको छ। सुरक्षाका नाउमा बटालियन मार्सल बोकेर हिड्नु, तिनलाई नेपाल सरकारले सुरक्षा दिनु के यो देशको रक्षा हो ? सुहाउने कुरा हो ? हामी धर्मका नाउँमा धेरै दृष्टि बिहिन पनि हुनु हुदैन भन्ने कुरा र सरकारले जो जस्तालाई पनि खुलेआम कार्य गर्न‌दिनुले के देशको रक्षा भयको छ त ? झनै ठूल्ठूला दुर्घटनाहरु भए, हजारौंको संख्यामा जनधनको क्षेति भएको छ। दुई ओटा बस, एउटा हवाई जहाज र हेलिकोप्टर दुर्घटना भए, यस्ता कुराहरुमा सम्बन्धित निकायहरुको कहिले ध्यान गएन, जनता हर प्रकारले लुटिई नै रहे। जस्लाई जे गर्नपनि छुट छ। सक्नेले जे जस्तो गरेपनि नेपालको कानूनले छुदैन सिवाय गरिब, निमुखा र वेरोजगारीलाई मात्र सजाय हुन्छ। यो कहिलेसम्म ? त्यसैले पनि अहिलेको अबस्था र ब्यबस्था फ्याक्नु अपरिहार्य भएको छ।

    “०४७ सालको सम्बिधानलाई स्थापित गर्दै संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको मार्गमा जानुको बिकल्प छैन। जुन नेपाली कांग्रेसको मूल शिधान्त, मूल्य र मान्यता हो। देश सुरक्षित राख्नको लागि राजसंस्था र प्रजातन्त्र अपरिहार्य छ। जनताले अठोट गरिसकेका छन्। आन्दोलनको बिकल्प छैन।”

    संसदमा सांसदहरु नै वेरोजगार छन्। सरकारले बिजनेस दिन सक्दैन। संसद तमासा बनेको छ। संसदिय समितिहरू थपिँदो छ। तर समितिले गरेको निर्णय सरकारले कार्यन्वयन गर्दैन टेर्दैन, लेखा समितिको निर्देशन आजसम्म कुनै पालना भएको छैन। केवल समितिका अध्यक्षलाई अत्यधिक सुबिधा र भत्ता पकाउने काम मात्र भएको छ। सिंहदरवारमा सरकारी गाडीहरु राख्ने ठांउ छैन। यस्तो छ गरिव देशको हालत ? जनताले कति सहने हरेक कुराको सिमा हुन्छ। सरकार र गणतन्त्रका नेता, मुकदर्शक भएर बस्ने कार्यकर्ताले गर्दा पार्टिहरुको अत्याचारले सिमा नाघ्यो। सरकार भ्रष्टाचारका आरोपित मन्त्रीहरुलाई कसरी जोगाउने र भ्रष्टाचारबाट आर्जेको सम्पत्ति कसरी सुरक्षित गर्ने ? भाग्नु परेको अबस्थामा कसरी सुरक्षित हुने भन्ने कुरा को ब्यबस्थापन गर्नमै ब्यस्त अबस्थामा देखिन्छ।

    भर्खरै भएको एउटा यूथहरुसंगको संबाद भन्ने कार्यक्रममा माननिय डा. शेखर कोइरालाले भन्नुभयो नेपालमा पनि बंगलादेशको जस्तो अबस्था छिटै आउन सक्छ। सबै सचेत हुन जरुरी छ। भनिदिनु भयो के थियो ? नेताहरुको होस उडेको छ ! नउडने त कुरै छैन त्यो दिन निकट नै छ।

    अब जनताले भ्रष्टाचारविरुद्ध र देश बचाउन आन्दोलनको आधिवेहरीका साथ धर्मयूद्ध गर्नुको विकल्प छैन। सबैले म मलाई मान्नुपर्छ भनेर बस्ने बेला छैन। सबै एकजुट भएर आन्दोलनमा सहभागि हुनुपर्छ। हामि ०६२/६३ सालका आन्दोलनकारी, राजाको शासनकालमा पनि अहिलेको जस्तो दमन भोगेका थिएनौ। तर आज देशमा गणतन्त्र, लोकतन्त्र छ भनिन्छ। अहिले जति जनताले दुःख, कष्ट, अन्याय गरिवी, वेरोजगारी, महंगी अनियन्त्रित बजारभाउको सामना गर्नुपरेको थिएन। यो ब्यबस्था अन्त्यको अन्तिम लडाईको लागि जुर्मुराई सकेका जनता कुनै हालतमा रोकिनु हुदैन र ०४७ सालको सम्बिधानलाई स्थापित गर्दै संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको मार्गमा जानुको बिकल्प छैन। जुन नेपाली कांग्रेसको मूल शिधान्त, मूल्य र मान्यता हो। देश सुरक्षित राख्नको लागि राजसंस्था र प्रजातन्त्र अपरिहार्य छ। जनताले अठोट गरिसकेका छन्। आन्दोलनको बिकल्प छैन। पशुपतिनाथले यो देश र जनताको रक्षा गरुण।
    जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...

    भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

    सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान...

    धनुषामा सशस्त्र प्रहरी र तस्करबीच सीमामा भिडन्त, ६ सुरक्षाकर्मी घाइते

    जनकपुरधाम, असार २० – नेपाल–भारत सिमानाका नजिक धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा बिहीबार साँझ सशस्त्र...