News Portal

खुकुरी प्रहार गरेको आरोपमा वडाध्यक्ष वलीसहित ४ जना पक्राउ

हिमालीसंचार संवाददाता
३८२ पटक

नेपालगन्ज। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गएराति जिल्लाको विनौना भन्ने ठाउँका दुई युवालाई खुकुरी प्रहार गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार, घटनाबारे सोधपुछ गर्न वडाध्यक्ष वलीसहित अन्य ४ जनालाई पक्राउ गरिएको हो।

उनीहरूसँग सोधपुछ गर्ने कार्य चलिरहेको छ। खुकुरी प्रहारबाट घाइते भएकाहरूलाई उपचारका लागि भारत पठाइएको छ। ‘अवस्था अलि सिरियस नै भएर उपचारका लागि भारतको लखनउ रेफर गरिएको हो,’ कार्कीले भने।

वडाध्यक्ष वलीसहितका युवाहरूले राती दुई युवालाई खुकुरी प्रहार गरेका थिए।

प्रहरीका अनुसार, वडाध्यक्ष वलीको यसअघिका रेकर्ड पनि राम्रो नभएको पाइएको छ। ‘उहाँको विगतको रेकर्ड पनि राम्रो देखिएको छैन, हामी अनुसन्धान गर्दैछौं,’ कार्कीले भने।

वली २०७९ को स्थानीय निर्वाचनमा २ हजार ९७ मतसहित एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...