News Portal

गोसाँईकुण्ड तिर्थ यात्रीलाई शिवपुरी यातायातले सेवा दिने

हिमालीसंचार संवाददाता
९३९ पटक

काठमाडौं -नेपालको चर्चित र महत्वको साथ हेरीएको धार्मिक एवं पर्यटकीय तिर्थधाम गोसाइँकुण्ड समुद्री सतहदेखि करिब ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको छ।एतिहासिक धार्मिक मान्यता अनुरुप राक्षसहरू र देवताहरूले समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव निलाद्रि पर्वत पुगेको धार्मिक मान्यता रहेको छ।त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराई पानीको प्यास मेटि त्यही जलले बनेको पोखरीमा शिव-शंकर भगवान विराजमान भएको किमदन्ति रहेको छ।

यस पवित्र कुण्डमा स्नान गर्दा शारीरीक रोगव्याध समेत हट्ने जनविश्वस ररेको छ।कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जीवनमा एक पटक गोसाइँकुण्ड पुग्नै पर्ने मान्यता रहि आएको छ । दशहरामा १० दिन र जनै पूर्णिमामा ५ दिन गरी बर्ष भरीमा जम्मा १५ दिन मेला लाग्दछ । पहिले गोसाई कुण्ड पदयात्रा गरेर गरेर पुग्न ४ दिन लाग्थ्यो भने अब काठमाण्डौबाट १२ घण्टामा नै पुग्न सकिने भएको छ ।

गोसाइँकुण्ड जान रसुवा सदरमुकाम धुन्चे लगायत ठाउँबाट पनि जान सकिन्छ तर अहिले काठमाडौं सामाखुशीबाट नुवाकोटको शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै उत्तरी भेगमा रहेको दुप्चेश्वर गाउँपालिकाबाट पनि गोसाइँकुण्ड पुग्न सकिन्छ ।

गोसाइँकुण्डको यात्रा र गाउँपालिकाको पर्यटन प्रवर्द्धनका लागि नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले निर्माण गरेको पदमार्ग सञ्चालनमा आए संगै अहिले सहज भएको हो। काठमाडौंबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिका पुग्न सडक मार्गबाट साढे दुई घण्टा लाग्छ । पालिकाबाट साढे दुई घण्टामा वडा नम्बर एक घ्याङफेदीको तालु कसेरी पुग्न सकिन्छ ।

कसेरीबाट ४ घण्टामा फेदी पुगिन्छ भने फेदीबाट ४ घण्टामा सूर्यकुण्ड पुगिन्छ । सूर्य कुण्ड नुवाकोट जिल्लाकै सबैभन्दा अग्लो भूभागमा पर्दछ ।सूर्य कुण्डबाट पदयात्रामा ४५ मिनेटमा गोसाइँकुण्ड पुग्न सकिन्छ ।यसरी मार्ग खुलेपछि पाहाडी मार्गमा कुद्ने ब्यबसायिक गाडीहरू लिएर ध्याङ फेदी सम्म पुग्न सकिने छ। ठूला सवारी साधनहरू जान नसके पनि हालका लागि ९ सिटर सुमो स्कार्पियोहरूबाट यात्रा गर्न सकिने छ ।

त्यस्तै, सडक मार्गलाई मध्य नजर राख्दै शिवपुरी यातायात प्रालिले बिगतका बर्षहरू देखि नै सेवा प्रवाह गर्दै आई रहेको छ। तसर्थ यस बर्ष पनि पर्यटकलाई लक्षित गरी २८ वटा गाडीहरू उक्त रुटका लागि तयारी अबस्थामा रहेको शिव पुरी यातायात प्रालिका अध्यक्ष प्रलाद थापा र सुरज वाईवाले जानकारी दिएका छन् ।शिवपुरी यातायात प्रालिले अब गोसाईकुण्ड तिर्थ यात्रा गर्नु हुने भक्तजन-तिर्थयात्रीहरूको सेवाको लागि शामाखुशी देखि  घ्याङ फेदीसम्म सेवा दिने भएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...