
दुनै। अस्थायी प्रहरी पोस्ट नर्कु प्रहरीको विशेष पहलमा जिर्ण रहेको शिव मन्दिर पुनः निर्माण गरिएको छ।
डोल्पाकाे मुड्केचुला गाउपालिका वडा नं ६ नर्कु स्थितका स्थानीय समुदायको श्रमदानबाट २०६६ सालमा निर्माण भएको शिव मन्दिर जिर्ण भई विभिन्न भागहरु भत्किएको अबस्थामा रहेकोले समुदाय प्रहरी साझेदारीमार्फत अस्थायी प्रहरी पोस्ट नर्कुका इन्चार्ज प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्दको बिशेष पहल तथा स्थानीय जनताहरुको सक्रीयतामा जिर्ण शिव मन्दिरको पुनःनिर्माण सम्पन्न गरिएको हो।
मन्दिर निर्माणको क्रममा सिमेन्ट, बालुवा,काठ, इन्धन तथा मर्मत गर्दा अपुग हुने रकम दिने तथा श्रमदानमा सरिक हुने सम्पुर्ण जनताहरुलाई धन्यबाद दिनुका साथै आगामी दिनमा समेत साझेदारी मार्फत रचनात्मक भुमिका खेल्न प्रहरी सहायक निरीक्षक चन्दले अनुरोध समेत गर्नुभएको थियो।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
