News Portal

समुदाय प्रहरी साझेदारीमा जिर्ण मन्दिर पुनःनिर्माण

हिमालीसंचार संवाददाता
४०८ पटक

दुनै। अस्थायी प्रहरी पोस्ट नर्कु प्रहरीको विशेष पहलमा जिर्ण रहेको शिव मन्दिर पुनः निर्माण गरिएको छ।

डोल्पाकाे मुड्केचुला गाउपालिका वडा नं ६ नर्कु स्थितका स्थानीय समुदायको श्रमदानबाट २०६६ सालमा निर्माण भएको शिव मन्दिर जिर्ण भई विभिन्न भागहरु भत्किएको अबस्थामा रहेकोले समुदाय प्रहरी साझेदारीमार्फत अस्थायी प्रहरी पोस्ट नर्कुका इन्चार्ज प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्दको बिशेष पहल तथा स्थानीय जनताहरुको सक्रीयतामा जिर्ण शिव मन्दिरको पुनःनिर्माण सम्पन्न गरिएको हो।

मन्दिर निर्माणको क्रममा सिमेन्ट, बालुवा,काठ, इन्धन तथा मर्मत गर्दा अपुग हुने रकम दिने तथा श्रमदानमा सरिक हुने सम्पुर्ण जनताहरुलाई धन्यबाद दिनुका साथै आगामी दिनमा समेत साझेदारी मार्फत रचनात्मक भुमिका खेल्न प्रहरी सहायक निरीक्षक चन्दले अनुरोध समेत गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...