आज : २०२६-०६-२८, आइतबार

रुसी सेनामा मारिएका ५ जनाको अस्थि पशुपतिमा सेलाइयो

काठमाडौं। रुस–युक्रेन युद्धमा माएिका ५ जना नेपालीको अस्थि नेपाल आइपुगेको छ।

रुसी सेनामा भर्ना भएर रुस–युक्रेन युद्धमा माएिका कास्कीका देवन राई, स्याङ्जाका पितम कार्की, हरिप्रसाद अर्याल, गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्थि नेपाल आइपुगेको हो।

रुसी सेनामा मारिएका नेपालीहरुको अस्थि पहिलो पटक नेपाल आइपुगेको हो। बुधबार रुसबाट आएको मृतकको अस्थि बुझेको मृतकका परिवारले जनाएका छन्।

उनीहरुले बिहीबार सामूहिक रुपमा अस्थि पशुपतिको आर्यघाटमा सेलाएको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन्।

मृतकका परिवारले भने यसअघि नै कुशको शव बनाएर दाहसंस्कार गरिसकेका थिए। नेपाल सरकारले रुसी सेनामा भर्ना भएका ३४ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

मृतक परिवारले भने यो संख्या धेरै भएको बताउँछन्।