News Portal

इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

हिमालीसंचार संवाददाता
५१७ पटक

काठमाडौं। घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ। नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो।

यससँगै नेपालले यसअघि भोगेको हारको बदला पनि लिन सफल भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हरायो।

नेपालले इरानविरुद्ध पहिलो सेटमा २५-२१, दोस्रोमा २८-२६ र तेस्रोमा २५-२० को जित निकालेको हो।

पहिलो सेटमा नेपाल १-४ ले पछि परिसके अवस्थामा लगातार चार अंक जोड्दै लयमा फर्कियो। त्यसपछि इरानले नेपाललाई रोक्न असफल भयो।

कुनैबेला खेल १०-८ को अवस्थामा हुँदा इरानले लगातार अंक गुमाउँदा पहिलो सेट २५-२१ ले नेपालको पक्षमा गयो। प्रतिस्पर्धात्मक दोस्रो सेटमा नेपालले १५-१० को अग्रता लिएको थियो।

लगतार अंक गुमाएपछि खेललाई इरानले रोमाञ्चक बनायो। उसले लयमा फर्किएर खेललाई १९-१८, २९-१९ हुँदै अन्तिमसम्म रोचक बनायो।

इरानले खेलमा फर्किएर लगतार अंक जोड्न सफल हुँदा खेल २२-२४ मा पुग्यो। अन्तिममा नेपालले दुई सेट जोगाउँदा खेल २८-२६ ले जित्यो।

नेपालले तेस्रो सेटमा पनि लय समात्दा सोझो जित सम्भव भयो। ११-१४ को स्थितिमा रहेको अवस्थामा नेपालले लगतार अंक जोडेर १३-१४ मा पुर्‍याएको थियो।

कडा प्रतिस्पर्धा देखिएको तेस्रो सेटमा खेल १५-१५, १६-१६, १७-१७ र १९-१८ को अवस्थमा पुग्यो। नेपालले लगालग अंक थपेर इरानलाई पछि पारेको थियो।

त्यसबीचमा इरानले केबल २ अंक जोडेको थियो। उता नेपालले ६ अंक जोड्दै तेस्रो सेट २५-२० ले जितेर फाइनल यात्रा पक्का गर्‍यो। नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेका थिए।

लिगचरणमा नेपालले इरानसँग ३-२ को सेटमा हार बेहोरेको थियो। त्यो बदला लिन नेपाल सफल भएको छ। यसअघि समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेर इरानसँगको भेट पक्का गरेको थियो।

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो। दोस्रो खेलमा उपाधि दाबेदार भारतलाई ३–२ ले हराउँदै नेपालले सेमिफाइनल यात्रा तय गरेको थियो।

आइतबार भएको तेस्रो खेलमा नेपाल इरानसँग ३–२ ले पराजित भयो। सोमबार लिगचरणको अन्तिम खेलमा नेपालले अंकविहीन माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...