News Portal

हुलाकी सडकमा दुर्घटना, एक जनाको मृत्यु

हिमालीसंचार संवाददाता
३२७ पटक

रबिन्द्र बराल/रंगेली। मोरङको रंगेली विराटनगर सडकखण्ड अन्तर्गत रंगेली-२ स्थित चेकापुल नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काे १ क १७०० नम्बरको अरनिको स्कुल बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

विद्यार्थी लिएर विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ। आइतबार बिहान बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको रंगेली प्रहरीले जनाएको छ।

बस र चालक झापाको कन्काई नगरपालिका-१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई इलाका प्रहरी कार्यालय रंगेलीले अनुुसन्धानका लागि नियन्त्रणमा लिएकाे इन्सपेक्टर सन्तोष खड्काले बताए।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...