News Portal

हुलाकी सडकमा दुर्घटना, एक जनाको मृत्यु

हिमालीसंचार संवाददाता
२८० पटक

रबिन्द्र बराल/रंगेली। मोरङको रंगेली विराटनगर सडकखण्ड अन्तर्गत रंगेली-२ स्थित चेकापुल नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काे १ क १७०० नम्बरको अरनिको स्कुल बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

विद्यार्थी लिएर विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ। आइतबार बिहान बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको रंगेली प्रहरीले जनाएको छ।

बस र चालक झापाको कन्काई नगरपालिका-१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई इलाका प्रहरी कार्यालय रंगेलीले अनुुसन्धानका लागि नियन्त्रणमा लिएकाे इन्सपेक्टर सन्तोष खड्काले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...