News Portal

कैलालीकाे गेटामा मृत भेटिएकी महिला धनगढीकी भएको खुल्यो

हिमालीसंचार संवाददाता
५९५ पटक

धनगढी। कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। बुधवार मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका–११ बरबट्टाकि ३५ वर्षीया कुमारी चौधरी भएको खुलेको प्रहरीले जनाएको छ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले मृतकको झोलामा भेटिएको पासपोर्ट साईजको फोटोका आधारमा उनको पहिचान भएको बताए।

झोलामा भेटिएको पासपोर्ट साईजको फोटोमा फोटो स्टुडियोको छाप रहेछ। त्यसैका आधारमा उनको पहिचान गर्न सकिएको हो, एसपी बिष्टले भने,

अनुसन्धान गर्दै जादा माइती जान हिडेकी रहिछन्। अटो चालकले गेटाबाट भित्र रोड लैजान खोज्दा आत्तिएर हाम फालेकी रहेछिन्।

मृतक महिला धनगढीको राजपुरको फ्लोर मिलबाट माइती घर कञ्चनपुर जान सुदूरपश्चिम प्रदेश ०१००१ ह ४८५७ नम्बरको अटो रिक्सामा चढेकी थिइन्।

मापसे गरेको अवस्थामा रिक्सा चलाइरहेका चालक गोदावरी नगरपालिका–५ बस्ने ३६ वर्षीय जितबहादुर दमाईले गेटामा पुग्दा तीब्र गतिको अटो आँखा अस्पतालतर्फको भित्री सडकमा लैजान खोजेका थिए।

सोही क्रममा आत्तिएर उनले हाम फालेकी थिइन्। अटो चालक र अटोमा सवार उनक साला २३ वर्षीय कालु दमाईलाई प्रहरीले पक्राउ गरेको छ।

महिलाले अटोबाट हाम फालेपछि फसिने डरले बयान उनीहरूले दिएका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...