News Portal

  • बाढीपहिरोबाट नेपालका बालबालिका अत्यन्त जोखिममा : युनिसेफ

    हिमालीसंचार संवाददाता
    ४७४ पटक

    तस्वीर : पुष्पराज जोशी

    काठमाडौं। संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले नेपालसहित दक्षिण एसियाली मुलुकमा भारी वर्षासँगै आएको बाढी-पहिरोमा परी बालबालिका र किशोरकिशोरीहरु प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेको छ।

    युनिसेफका अनुसार यस्ता प्राकृतिक प्रकोपबाट ६० लाख बालबालिका प्रभावित भएको अनुमान छ। मनसुन सुरु भएसँगै नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा वर्षा, बाढी र पहिरोले विपत्ती निम्त्याएको छ।

    युनिसेफले विज्ञप्ति जारी गरी भनेको छ, ‘हामी यी देशहरुमा ६० लाखभन्दा बढी बालबालिका र तिनीहरुको परिवारको सुरक्षा र रहन-सहनलाई लिएर चिन्तित छौं, जसको घर छैन, जो विस्थापित भएका छन् र बाँच्नका लागि संघर्ष गरिरहेका छन्।’

    युनिसेफका अनुसार वर्षातको समयमा बाढी र डुबानबाट बालबालिकाको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गर्दछ। बाढी र पहिरोका कारण स्वच्छ खानेपानीको आपूर्ति प्रभावित भएको छ।

    दूषित पानीका कारण झाडापखाला लगायत अनेकौं प्रकारका रोग फैलिने डर हुन्छ। उनीहरुले समयमा उपचार नपाएमा बालबालिकाहरुमा पानीको कमी र कुपोषण हुन्छ।

    युनिसेफका अनुसार जलवायु परिवर्तनका कारण अत्यन्त गम्भीर मौसमी घटनाहरु भइरहेका छन्, जसबाट बालबालिकाको जिन्दगी नै बदलिएको छ।

    युनिसेफको बाल जलवायु जोखिम सूचकांकका अनुसार नेपालभन्दा बढी अफगानिस्तान, बंगलादेश, भारत र पाकिस्तानका बालबालिकाहरुले जलवायु परिवर्तनबाट सिर्जित विपत्तीको सामना गरिरहेका छन्।

    उसले पूरै दक्षिण एसियामा बालबालिकाको सुरक्षाका लागि विपद्को पूर्व तयारी र जलवायु अनुकूलन कार्यक्रम अझ मजबुत बनाउन ९३ लाख डलर खर्च गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिलसेमत गरेको छ।

    युनिसेफले नेपालमा बाढी र पहिरोका कारण कम्तिमा १०९ जनाको मृत्यु भएको र त्यसमा ३५ जना बालबालिकाहरु रहेको तथ्यांक सार्वजनिक गरेको छ। कयौं घाइते भएका र कम्तिमा १ हजार ५८० परिवार प्रभावित भएका युनिसेफको तथ्यांक छ।

    युनिसेफले भनेको छ, ‘हामी प्रभावित बालबालिका र तिनका परिवारको सहायताका लागि नेपाल सरकार र साझेदारहरुसँग मिलेर काम गरिरहेका छौं।’ नेपालका १ हजार ८१० बालबालिकासहित ४ हजार ५४० जनासम्म युनिसेफ पुगेको र उनीहरुलाई अस्थायी आवास, भाँडाबर्तन, पानी शुद्ध पार्ने औषधि, झुल र मनोपरामर्श सेवा प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...