News Portal

पत्रकारमाथि हातपात गर्ने ५ जना पक्राउ

हिमालीसंचार संवाददाता
३६६ पटक

पोखरा। पोखरामा पत्रकारमाथि हातपात गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको आयोजनामा आइतबार भएको सवारीसाधन बन्द गरेको विषयमा रिपोर्टिङको क्रममा खटिएका दुई पत्रकारलाई हातपात गर्ने ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा-९, शान्तिवनका ट्याक्सी चालक ४१ वर्षीय सूर्यबहादुर नेपाली, मजदुर ३३ वर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा लामाचौरका सहचालक १६ वर्षीय किशोर, लमजुङ घर भई पोखरा बस्ने ट्याक्सी चालक २८ वर्षीय सन्तोष बस्नेत र स्याङ्जा घर भई पोखरा घारीपाटन बस्ने २५ वर्षीय टंकबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...