News Portal

युवाहरुको रोजाइमा मलेसिया र खाडी राष्ट्र

हिमालीसंचार संवाददाता
३१६ पटक

काठमाडौं। वैदेशिक रोजगारीमा जाने युवाहरुले मलेसिया र खाडी राष्ट्र नै पहिलो प्राथमिकतामा राखेको पाइएको छ।

मलेसिया र खाडीका मुलुकहरूका अतिरिक्त माल्टा, सिगापुर, दक्षिण कोरिया, जापान, इजरायल र बेलायतलगायतका मुलुकहरूका लागि श्रम स्वीकृतिको व्यवस्था भएपनि युवाहरुले खाडीलाई पहिलो प्राथमिकतामा राखेको तथ्यांकले देखाएको छ।

वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०८०–८१ मा विदेश जानका लागि कुल ७ लाख ४१ हजार २ सय ९७ वटा श्रम स्वीकृति वितरण गरेको जनाएको छ।

रहरले भन्दा पनि बाध्यताका कारण मलेसिया र खाडी राष्ट्रमा काम गर्न जानुपर्ने बाध्यताका कारण ती मुलुकमा जान श्रम स्वीकृति लिनेको संख्या उच्च देखिएको विभागले जनाएको हो।

वितरण गरिएको श्रम स्वीकृतिमध्ये करिब ८० प्रतिशतभन्दा बढी मलेसिया र खाडीका छवटा राष्ट्र साउदी अरेबिया, संयुक्त अरब इमिरेटस (यूएई), कतार, कुवेत, ओमान र बहराइनमा काम गर्न दिइएको विभागले जनाएको छ।

मलेसियाका लागि १ लाख ३ हजार ४ सय ४२ जना जसमा पुरुष १ लाख १ हजार र महिला २ हजार ४ सय ४२०, साउदीका लागि १ लाख ४१ हजार ५ सय दुईमध्ये पुरुष १ लाख ४० हजार ६ सय ६६ र महिला ८ सय ३६०, यूएईका लागि १ लाख ९३ हजार ४ सय ३८ जना जसमा पुरुष १ लाख ६६ हजार ४ र महिला २७ हजार ४ सय ३४०, कतारका लागि १ लाख ३४ हजार ६ सय ६९ जना, जसमा पुरुष १ लाख २३ हजार ८ सय ५४ र महिला १० हजार ८ सय १५०, कुवेतका लागि ४० हजार ३ सय ६८ जसमा पुरुष ३० हजार २ सय ९३ र महिला १० हजार ७५०, ओमनाका लागि ५ हजार ९ सय १० जसमा पुरुष ४ हजार ६ सय ७ र महिला १ हजार ३ सय ३ र बहराइनका लागि ९ हजार ८ सय ६ जनामध्ये पुरुष ८ हजार ६ सय ५४ र महिला १ हजार १ सय ५२ श्रम स्वीकृति वितरण गरिएको छ।

समीक्षा अवधिमा सबैभन्दा बढी संस्थागत, पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति वितरण गरिएको छ।

विदेश जानेमध्ये २ लाख ८१ हजार १९५ भने बिदामा नेपाल आएर पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...