News Portal

  • ठमेल र दरबारमार्गका नाइट क्लब, डिस्को र बारमा प्रहरीको कडा निगरानी

    हिमाली संचार संवाददाता
    ४६८ पटक

    काठमाडौं -वेब क्लबमा छापा मार्दा नियन्त्रणमा लिइएका १८ वर्षमूनिका २३ जना किशोरकिशोरी । नियन्त्रणमा लिइएका केही किशोरीको उमेर १२ वर्ष मात्र ।

    काठमाडौं । पछिल्लो समय ठमेल र दरबारमार्गका डान्सबार, नाइट क्लब, डिस्कोहरुमा १८ वर्षमूनिका किशोरकिशोरीहरुको भीड लाग्ने गरेको छ । १८ वर्षमुनिका किशोर–किशोरीलाई नाइट क्लब, डिस्को र बारमा प्रवेश गराउनु अवैध हो ।

    तर मनोरञ्जनको बहानामा डिस्को र बारले १८ वर्षमूनिका किशोर–किशोरीलाई सजिलै प्रवेश गर्न दिन्छ । केही डिस्को र बारले त प्रायः शुक्रबारको दिन किशोर–किशोरीलाई लक्षित गरी डान्स पार्टीको आयोजना गर्छन्, जहाँ मदिरासमेत खुला गर्ने गरिन्छ ।

    प्रहरीले बेलाबखत डिस्को र बारमा निगरानी बढाएर किशोर–किशोरीलाई प्रवेश गराउने डिस्को र बारलाई निरुत्साहित गराउने गरेको थियो । तर १८ वर्षमुनिका किशोर–किशोरीलाई डिस्को र बारको ढोका बन्द गराउने काम भने रोकिएन ।

    गत असोज १० गते महानगरीय प्रहरी वृत्त दरबारमार्गले ठमेलको ज्याठामा रहेको वेब क्लबमा छापा मार्दा २३ जनालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका केही किशोरीको उमेर १२ वर्ष मात्र रहेको थियो ।

    यस्ता घटनापछि प्रहरीले दरबारमार्ग र ठमेल अन्तर्गत एरियामा सञ्चालित रात्रीकालिन क्लब, डान्सबार, रेष्टुरेन्टहरुमा कडा निगरानी राख्न सुरु गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंसँग समन्वय गरी महानगरीय प्रहरी वृत, दरबारमार्ग, लैनचौर र कमलपोखरीले रेष्टुरेन्ट व्यवसायीहरुसँग एक खालको सहमति गराई निगरानी राख्न सुरु गरेको हो ।

    दरबारमार्ग प्रहरी वृतका प्रमुख (डिएसपी) दानबहादुर मल्लको अध्यक्षतामा कात्तिक २० गते इन्सपेक्टर फलबहादुर तामाङ, डेजाभु क्लबका सञ्चालक पासाङ शेर्पा, क्लब वुड ल्यान्डका सञ्चालक नविन प्रधान, क्लब भिक्टीका सञ्चालक मनराज तामाङलगायतको उपस्थितिमा १८ वर्षमूनिका किशोरकिशोरीलाई नाइट क्लब, डिस्को र बारमा प्रवेश गर्न रोक लगाइने सहमति भएको छ ।

    रेष्टुरेन्ट व्यवसायीहरुसँग १८ वर्षमूनिका किशोरकिशोरीहरुलाई प्रवेशमा रोकसँगै नाइट क्लब, डिस्को र बारमा व्यवस्थित पार्किङको व्यवस्था र लागुऔषध, हातहतियार, बालबालिका निषेधका संकेत सबैले देखिने गरी स्पष्ट रुपमा राख्नुपर्ने सहमति भएको डिएसपी मल्लले जानकारी दिए ।

    फरेनहाइट क्लबबाट सुरुवात


    ठमेलमा अत्याधुनिक शैलीबाट सञ्चालित फरेनहाइट क्लबले भित्र छिर्ने गेटमै स्पष्ट रुपमा देखिने गरी प्रहरीको नियम पालना गरेको छ ।

    क्लबले हातहतियार, लागुऔषध, १८ वर्षमुनिका बालबालिका निषेधको संकेत, स्पष्ट रुपमा अनुहार देखिनुपर्ने र बाहिरबाट खानेकुरा लिएर जान नपाइने भन्दै गेटमा ब्यानर राखेको छ ।

    सबैले नियम पानला गर्नैपर्छ : डिएसपी मल्ल
    नाइट क्लब, डान्सबार र डिस्कोले यो नियम पालना गर्नैपर्ने डिएसपी मल्ल बताउँछन् । यदि कुनै क्लब, बार र डिस्कोले नियमलाई पालना गर्दैन भने प्रहरी एक्सनमा उत्रिने उनले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १७ गतेको राशिफल

    आज असार १७, २०८२ (जुलाई १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई...

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...