News Portal

मानव बेचविखनमा दोषी पाँचै जनालाई जेल सजाय

हिमालीसंचार संवाददाता
३६१ पटक

धादिङ। १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ।

जिल्ला अदालत धादिङले दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र पाँच जनालाई कसुर कायम गरेको हो। न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो।

फैसलाअनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ की गीता न्यौपाने, काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ की कविता बानियाँ (आचार्य) र सोलुखुम्बूको नेचा सल्यान गाउँपालिका–२ की कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष नौ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र एक लाख ७५ हजार जरिवानाको सजाय भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए।

उनीहरूले पीडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने पनि फैसलामा उल्लेख छ। अदालतले त्रिपुरासुन्दरी –१ का ३९ वर्षीया कोपिला दमै र त्रिपुरासुन्दरी –३ की ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५/१५ वर्ष कैद र एक/एक लाख जरिवाना गर्ने फैसला गरेको छ।

मानव बेचविखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षीय नेपाली किशोरीको विसं २०७९ पुस २० गते भारतको दिल्लीस्थित मङ्गलबजार गल्ली नं. २, बापरुल्लाबाट उद्धार गरी एयर इण्डियाको जहाजद्वारा स्वदेश ल्याइएको थियो।

मामाघरमा बसेर अध्ययन गर्दै आएकी किशोरी विसं २०७९ मङ्सिर १५ गतेदेखि घर परिवार र आफन्तको सम्पर्कमा नआएपछि उनको खोजतलासका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो।

बालिकालाई तान्त्रिक बाबासँग भेटाई तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा पाउने भनी बालिकालाई प्रलोभन देखाएर भारत पुर्‍याएको अनुसन्धानबाट खुलेको छ। मामाघरमा बस्दै आएकी बालिकालाई भारत पुर्‍याउन उनकै नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ।

अभियुक्तहरुले ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इन्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाएको जनाइएको छ।

किशोरीलाई २०७९ माघ २२ गते मुख्य तान्त्रिकलाई बुझाउने तयारी भइरहेको अवस्थामा बालिकाको उद्धार गरी स्वदेश ल्याइएको थियो। किशोरीलाई दिल्ली पुर्‍याएपछि घटनामा संलग्न ५ जना एक महिना अघि नै नेपाल फर्केका थिए। (रासस)

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...