News Portal

भैरहवा विमानस्थल बन्द : बुद्ध एयरको जहाज चिप्लिएपछि…

हिमालीसंचार संवाददाता
४०६ पटक

काठमाडौँ। बुद्ध एयरको जहाज चिप्लिएका कारण रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज मध्याह्न १२ बजेसम्म बन्द रहने भएको छ।

बिहीबार राति धावनमार्गमा चिप्लिएको बुद्ध एयरको ९एन एओसी कलसाइन भएको जहाज निकाल्न समय लागेकाले विमानस्थल खुल्न समय लाग्ने भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले धावनमार्गबाट चिप्लिएर बाहिर गएको जहाज बिहान ११:३० सम्ममा निकाल्ने तयारी रहेको बताए।

पाण्डेले धावनमार्गबाट चिप्लिएर किनारमा पुगेको बुद्ध एयरको एटीआर ७२ जहाज निकाल्न काठमाडौँबाट एटीआर ४२ मार्फत बुद्धएयरको प्राविधिक टोली भैरहवा पुगिसकेको जानकारी दिए।

‘अहिले जहाज धावनमार्गमा ल्याउनकोलागि उपकरणहरु तयार भइसकेका छन्,’ प्राधिकरणका प्रवक्ता पाण्डेले भने,‘११ः३० सम्म जहाज तानिसक्ने प्राविधिकले जानकारी गराएका छन्।’

विहिबार भारी वर्षाका कारण बुद्ध एयरको जहाज चिप्लिएको थियो। काठमाडौंबाट भैरहवा विमानस्थल रनवेको पूर्वबाट पश्चिमतर्फ अवतरणका क्रममा ‘स्किड’ भई जहाजका केही भाग घाँस मैदानमा पुगेको कम्पनीले जनाएको छ। जहाजमा सवार ५९ यात्रु सकुशल नै छन्।

‘हाम्रो प्राविधिक टोली राती नै भैरहवा पुगेका हुन्,’ बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले भने,‘अबको केही समयमा जहाज धावनमार्गमा ल्याउने प्रयास भइरहेको छ।’

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...