News Portal

भैरहवा विमानस्थल बन्द : बुद्ध एयरको जहाज चिप्लिएपछि…

हिमालीसंचार संवाददाता
३५८ पटक

काठमाडौँ। बुद्ध एयरको जहाज चिप्लिएका कारण रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज मध्याह्न १२ बजेसम्म बन्द रहने भएको छ।

बिहीबार राति धावनमार्गमा चिप्लिएको बुद्ध एयरको ९एन एओसी कलसाइन भएको जहाज निकाल्न समय लागेकाले विमानस्थल खुल्न समय लाग्ने भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले धावनमार्गबाट चिप्लिएर बाहिर गएको जहाज बिहान ११:३० सम्ममा निकाल्ने तयारी रहेको बताए।

पाण्डेले धावनमार्गबाट चिप्लिएर किनारमा पुगेको बुद्ध एयरको एटीआर ७२ जहाज निकाल्न काठमाडौँबाट एटीआर ४२ मार्फत बुद्धएयरको प्राविधिक टोली भैरहवा पुगिसकेको जानकारी दिए।

‘अहिले जहाज धावनमार्गमा ल्याउनकोलागि उपकरणहरु तयार भइसकेका छन्,’ प्राधिकरणका प्रवक्ता पाण्डेले भने,‘११ः३० सम्म जहाज तानिसक्ने प्राविधिकले जानकारी गराएका छन्।’

विहिबार भारी वर्षाका कारण बुद्ध एयरको जहाज चिप्लिएको थियो। काठमाडौंबाट भैरहवा विमानस्थल रनवेको पूर्वबाट पश्चिमतर्फ अवतरणका क्रममा ‘स्किड’ भई जहाजका केही भाग घाँस मैदानमा पुगेको कम्पनीले जनाएको छ। जहाजमा सवार ५९ यात्रु सकुशल नै छन्।

‘हाम्रो प्राविधिक टोली राती नै भैरहवा पुगेका हुन्,’ बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले भने,‘अबको केही समयमा जहाज धावनमार्गमा ल्याउने प्रयास भइरहेको छ।’

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...