News Portal

  • प्रकृतिले गरेको नाकाबन्दी

    कमला थापा
    ४०९ पटक
    २०८१ असार २७ गते बिहीबार

    अहिले देशमा बर्षादले बाढि, पहिरोले काठमाण्डौंलाई चारैतिरबाट नाकाबन्दी गरिदिएको छ। पूर्वपश्चिम, उत्तरदक्षिण सबैतिरका राजमार्ग, सडकहरु ठप्प छन्। काठमाण्डौंमा तरकारीलगायत सबै खाद्यान्न बस्तुहरु महंगो भैसकेको छ। यहि अबस्था केहि दिन रहेमा देशमा हाहाकार हुने देखिन्छ।

    गाउँघरमा असार, साउन भनेको त्यसैपनि सबैका घरमा अन्नपात सकिने बेला हो।‌ नयां बाली आएको हुदैन। पुरानो अन्न सिक्किएको हुन्छ। सहरको जनजिवन सधै बजारमै आस्श्रित हो। अहिले प्रकृतिले नै देशमा नाकाबन्दी लगाएको अबस्था छ। जनताको दैनिकी कसरी चल्छ ? ढुवानी गर्ने बाटो छैन। बिहान काम गरेर बेलुका पेट पाल्नुपर्ने जनताको के अबस्था होला ? देशका शासकहरुले कहिले सोचेनन्। नेताहरुलाई सधै दशैं आएकै छ। जनतालाई मारेर गरिएको राजनिति कहिलेसम्म ?

    “प्रतिपक्षबिहिन सरकार बनाउन एमालेसंग मिलेर भ्रष्टाचार दबाउन खोज्नु, त्यस्तो गठबन्धनलाई राष्ट्रिय सरकारको नामाकरण गरिनु यो भन्दा दुर्भाग्य अर्को के हुन सक्छ ?”

    अहिले फेरि संविधान सम्बोधनका नाउंमा सरकार फेरबदल हुदैछ। यो पबित्र गठबन्धन हुनै सक्दैन। यसो भन्नुको मतलब त्यो होईन की हिजोको सरकार ठिक थियो कदापी होईन। तर अहिलेसम्म जति नै सरकार आएगए सबै माफियाहरुले चलायको सरकार हो। देशका जग्गा, जमीन, खोलानाला केही बांकी राखेका होईनन्। अब बन्न लागेको सरकार कुनै हालतमा पनि ती सबै‌ कुराको सामाधान गर्दै देशमा शुसासन कायम राख्नको लागि नभै आ-आफ्ना पार्टिका तस्करका पार्टन, भ्रष्टाचार, भू-माफिया सुन तस्कर, गिरिबन्धु प्रकरण र नक्कली भूटानीका नाममा आफ्नै नागरिक बेच्ने गिरोहलाई जोगाउन बनेको हो, भन्दा फरक पर्दैन।

    नेपाली कांग्रेस जस्तो पार्टिले प्रतिपक्षबिहिन सरकार बनाउन एमालेसंग मिलेर भ्रष्टाचार दबाउन खोज्नु, त्यस्तो गठबन्धनलाई राष्ट्रिय सरकारको नामाकरण गरिनु यो भन्दा दुर्भाग्य अर्को के हुन सक्छ ? बाढी पहिरोमा परेर १०० भन्दा बढी ब्यक्तिहरुले ज्यान गुमाईसके। यस्तो प्रकृतिको कहर भोगिरहेका जनताको लागि सरकार, प्रतिपक्ष, प्रशासन सबै मिलेर तुरुन्त राहत, औषधि उपचारमा जुट्नुपर्ने बेलामा सरकार बदल्न लाग्नु भनेको मलामी जांदा गाना, बजाना गर्दै नाच्नु सरह हो।

    संबिधानको धारा ७६ (२) र (३) का कुरा गरेर जनता झुक्याउने आफुहरु सफल हुने गर्दै छन्। ७६,२ को सरकार‌ कति पटक बनाई रहने हो ? र यसैमा खेलिरहने हो ? नेपाली कांग्रेसको नेतृत्व संसदीय ब्यबस्थाको मर्म नै सिध्याउन उद्धत भएको देख्दा, जिवनभर प्रतिपक्षको लागि लडेको कांग्रेस निर्दलिय अबस्थामा पुग्दै गरेको देख्दा लाज लाग्छ। केका लागि केवल जेल जानबाट बच्न। नेतृत्वले गरेको गलत निर्णयलाई साथ दिएर सिगों कांग्रेसको संसद‌, केन्द्रीय सदस्यहरु नेतृत्वको सति जादैछन्। यदि कांग्रेसले नैतिक्तालाई जोगाउने हो, राज्य शक्तिको श्रोत जनता नै हुन, भोली भोट माग्न जनतामै जानुपर्छ भनेर सोच्ने हो भने धारा ७६ को उपधारा (३) मा सरकार बन्ने सक्छ। तर कांग्रेस त्यो सोचमा देखिएको छैन। अझै समय छ गम्भिरतापूर्वक सोचोस्।

    “यो महागठबन्धन ईण्डो-पश्चिमा नभै पश्चिमा र अमेरिकी गठबन्धन हो। जस्को लडाई भनेको “एमसिसि, एसपिपि” र “बी आर आई” को हो। सिधै भाषामा भन्नु पर्दा पश्चिमा, अमेरिका र चाइनाको लडाई हो। नेपालमा चाईना कमजोर बनाउने रणनितिमा लोकतन्त्रनै धरापमा पर्दैछन्। यहाँका बुख्याचा पार्टिहरु त कामदार आदेशपालक मात्र हुन्।”

    कांग्रेसको कुनै पनि तहका उच्च ओहदाको ब्यक्तिदेखी ईमान्दार सांसद, ईतर पक्ष,कोसैले यस बिषयमा सोचेको देखींदैन। सबै मन्त्री बन्नका लागि बुढानिलकण्ठमा भिड लागेको देखिन्छ। यहाँ देश, जनता, राष्ट्र, राष्ट्रियता कोसैलाई चाहिएको देखिदैन।

    नेपाली कांग्रेसको जन्मकालदेखि प्रतिपक्ष भूमिकाको लागि लडेको पार्टि, आज नक्कली भूटानी शरणार्थी काण्डबाट बच्न र हरेक भ्रष्टाचारको काण्ड दबाउनको लागि दुई ठुला पार्टिको मिलन ! त्यो पनि एमालेका नेता केपी ओलीसंग हुनु भनेको यो अर्को राष्ट्रघाती काम बाहेक अर्को हुन सक्दैन। अब कुनै माफिया, भ्रष्टहरु जेल पर्ने छैनन्। परेका पनि सबै छुट्ने छन्। अब भ्रष्टहरुको राम राज्य हुनेछ।

    यो महागठबन्धन ईण्डो-पश्चिमा नभै पश्चिमा र अमेरिकी गठबन्धन हो। जस्को लडाई भनेको “एमसिसि, एसपिपि” र “बी आर आई” को हो। सिधै भाषामा भन्नु पर्दा पश्चिमा, अमेरिका र चाइनाको लडाई हो। नेपालमा चाईना कमजोर बनाउने रणनितिमा लोकतन्त्रनै धरापमा पर्दैछन्। यहाँका बुख्याचा पार्टिहरु त कामदार आदेशपालक मात्र हुन्। यिनिहरुको नागों नाच जनताले नबुझेका होईनन्। तर बुझेर पनि केही गर्न सक्ने छैनन् भन्ने उनिहरुको ठम्याई छ। अब काठमाण्डौका सबै जनताहरु एक भएर जनताको भोको पेटमा लात मार्ने सरकार पार्टिहरु बिरुद्ध लडने समय आएको छ। ढिलो गर्नुहुँदैन। संसारमा सबै कुराको औषधि पाईदो रहेछ तर नकचराको कुनै औषधी बनेको रहेनछ। कोसैले कहिं भेटेमा सर्व प्रथम नेपालका नेताहरुलाई पठाईदिनु हुन अनुरोध गर्दछौं। पशुपतिनाथले देश र जनताको रक्षा गरुन। जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...