News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • झुठ बोल्नको लागि पनि कला चाहिन्छ

    कमला थापा
    ६६५ पटक

    लामो समय अबरोध भएको संसद हिजो सांझबाट खुल्ने हो की ? भन्ने संकेत देखिएको छ। आज जेष्ठ ७ गते प्रधानमन्त्री प्रचण्डले पुन संसदमा बिश्वासको मत लिदैछन्। सायद ०७९ साल पछिको उहांको प्रधानमन्त्रीत्वकालको यो चौथो पटकको बिश्वासको मत होला, हेर्दै जाउ ! यस्तो संसदिय जात्रा नेपाली जनताले कति हेर्न बांकी छ। प्रचण्डजी भयसम्म धेरै पाइने छ। कारण उहां भयसम्म यस्ता उथलपुथल भैरहने कुरा उहांले नै भनिरहनु भएको हो। अवरोधका बाबजुद विश्वासको मत लिने काम भयो। जुन पार्टिहरुको सहमतिमै गरिन्छ। जनतालाई भ्रममा पार्ने मात्र हो।

    गृहमन्त्रीको जिम्मेवारी सम्हालेका उप-प्रधानमन्त्री रबि लामिछानेले संसदमा बोल्न नपाएको गुनासो हिजो २/६ गते उदघाटन भयो। रबी सधै उफ्रि, उफ्री हिडने त थिए नै त्यस्मा पनि हिजो संसदमा निकै जोसिएका गृहमन्त्रीले घमण्ड र फुर्तीका साथ बोले। उनको बोलि प्रतिसोध पूर्ण थियो। गृहमन्त्रीको हिजोको बोलिले राजनितिमा भएका पुराना र नयां सबै यूवाहरुलाई लज्जित गराउछ। के यूवाहरु पदका लागि यतीसम्म गिर्न सक्छन् ? नेपाली कांग्रेसका महामन्त्री र केही यूवा नेताहरुलाई मात्र भनेनन्। यस्ले सबै यूवाहरु माथि प्रश्न चिन्ह खडा गर्यो। के यूवाहरुको हातमा सत्ता दिने हो भने सांच्चै देश सुरक्षित हुन्छ त ? बहुदल आएदेखी अहिलेसम्म सरकारमा गएका पार्टिका नेताहरु कुनै पनि चोखा छैनन्। तर उनको आंखाले कांग्रेस मात्र दोषी देख्यो। हाम्रो भनाई चोखाछन् भन्ने कदापी हैन। तर यति धेरै फाईल खोल्ने हिम्मत राख्ने गृहमन्त्रीले गिरिबन्धु, ललिता निवास, एककून्टल सुनका तस्कर ३२ किलो सुन लगायत एमाले सम्लग्न भएको नितिगत भ्रष्टाचारको फाईल खोल्ने कुरा किन उठाउनु भएन ? त्यसैले उहांको बोली प्रतिसोधपूर्ण छ।

    गृहमन्त्रीको हिजोको जवाफमा आफु बाहेक र उनलाई कांधमा बोक्ने पार्टिहरु निर्दोष छन् ? नितिगत भ्रष्टाचार काण्ड बोल्ने हिम्मत गरेनन्। उनले जवाफ दिईरहदां प्रधानमन्त्री प्रचण्ड अत्यन्त प्रफुल्ल देखिए। एमाले नेता केपी ओलीको उपस्थिती देखिएन। गृहमन्त्रीको आवाजमा चार ओटा कुरा प्रष्ट झल्किन्थ्यो १. याचना, २. धम्कि ३. शक्तिको प्रभाव र ४. आफ्ना सांसदहरु प्रतिको अनविश्वास उनि बारबार भनिरहे तपाईहरुको सभापति गलत छैन। विश्वास दिलाउन चाहन्थे। उनको घमण्ड भरी आवाजमा पश्चिममा र अमेरिकी गन्ध फैलिएको थियो। सायद संसदमा निकै प्रदुषण फैलिएको हुनुपर्छ। साथै गृहमन्त्री दुई पार्टिका नेताका बुढेसकालका सहारा देखिन्थे।

    गृहमन्त्रीका लागि देशका राष्ट्रिय संन्चार अडियो, टेलिभिजन, दैनिक पत्रपत्रिका सम्पादक सबै १२ भाईमै पर्दथे केवल उनी मात्र सही। पत्रपत्रिकामा निस्किएका प्रमाण, परेका उजुरी, सडकमा उत्रिएर पोखेका पिडा प्रमाणहरु र पिडित सबै झुठ्ठा मात्र उनि सही ! आज पनि कान्तिपुर दैनिक लगायत सबै राष्टि्य समाचारका हेडलाइन रबी जीकै समाचारले भरियाका छन्। के यी सबै झुठ्ठा हुन् ? तपाईले प्रमाणित गर्नु पर्छ। कलात्मक शैलीमा बोलेर मात्र नपुग्ला। राजनिति वाचन शिरोमणि भयर मात्र पुग्दैन। राजनिति टेलिभिजनमा तपाईले हिजो चिच्याएको जस्तो होईन। राजनैतिक बिधा त्यति सजिलो छैन। जती तपाइँले ठान्नु भएको होला। तपाईको आवाजमा देश,जनता, राष्ट्, राष्टि्यता कहिं देखिदैन। यो नेपाली माटो नचिनेको अज्ञानता हो।

    कम्निस्टहरु निरंकुश शासन ब्यबस्था लागु गर्न मद्धत पुग्ने पात्रको खोजिमा थिए। त्यस्तो पात्र गृहमन्त्री रबीलाई भेटे। त्यसैले प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई धम्क्याउन सफल भएका छन्। तर त्यो धम्कि कस्को लागि महगों पर्छ ? भोलिका दिनले बताउला ! तर आज दुखका साथ भन्नुपर्छ। ०४६ सालको जन-आनदोलनबाट प्राप्त उपलब्धि संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको हत्या गरिनु। नेपाली कांग्रेसको ठूलो भुल भएको ज्वलन्त उदाहरण आज संसदमा देखियो।

    प्रतिपक्षले संसद अबरोध गरिरहदां प्रधानमन्त्री बोलिरहने एमालेका नेता ललिता निवासका भ्रष्ट बिष्णु पौडेल नेपाली कांग्रेसलाई उपदेश दिने। बोल्नका लागि नेताहरुलाई मर्यादा पालकहरुले सुरक्षा दिदै रोष्टम पुर्याउने दृस्य देख्दा लाग्थ्यो। नेताहरु संसद भित्र पनि सुरक्षित छैनन्। प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई आजको अबरोध ईतिहासकै कलंक भएको भन्न भ्याय। के त्यो १७ हजार जनता मारेको कलंक भन्दा पनि ठुलो थियो ? यो कांग्रेसलाई पुरस्कार हो। कांग्रेस कार्यकर्ताहरूको असन्तुष्टिको बाबजुद चुनावमा गठबन्धन गर्दै बोकेर यहाँसम्म पुराएको पुरस्कार हो। प्रधानमन्त्रीले संसदमा आज भएको बिरोधलाई भोलीका दिनमा कांग्रेसलाई महंगो पर्ने धम्की समेत दिए। यो असभ्यहरुले सभ्यतालाई दियको उपदेश हो। ईतिहासमा अबस्य पनि लेखिएला।

    कम्निस्टहरुको योजना बद्ध रणनिती सायद कांग्रेसले धेरै बुझेको थियो की ? गृहमन्त्री रबी लामिछानेले संसदमा हिजो बोलेको डा्फ्ट कपी एमालेको सचिवालयमा तयार गरेर आएको थियो भन्ने कुरा। संसदमा झडपको तयारी त्यसैको तयारी थियो। गृहमन्त्रीको अभिब्यक्ति झुठ बोल्न सक्ने कला,गला र वाक कटुताले भरिपूर्ण क्षमतालाई कम मान्नु हुदैन। त्यसैले हामीले बाहिर बसेर हेर्दा गृहमन्त्रीलाई हिजो बोल्न दिनु प्रतिपक्षको भुल थियो। यदि दिनुनै थियो भने संसद अबरोध गर्नु अर्को भुल थियो। जनतालाई बेबकुफ बनाउने काम कमसेकम प्रजातन्त्रको हिमायती कांग्रेसबाट हुनु हुदैन थियो। जहांसम्म आज प्रधानमन्त्री प्रचण्डले बिश्वासको मत लिदाको दृश्य छ। त्यो संसदिय ब्यबस्थाको उपहांस हो। प्रतिपक्षले उठेर अबरोध गर्दै गर्ने, सत्ता पक्षले रोष्टममा बोल्ने यस्तो नाटक संसदमा प्रतिपक्ष र सत्ता पक्षका सचेतकहरुको बिचमा सहमतिका साथ गरिन्छ। यसको गन्ध आजको संसदमा पनि देखियो।

    तर अहिलेको परिस्थिति फरक थियो। आजको संसदमा यस्तो सुबिधाको छुट दिनु भनेको सम्पूर्ण सहकारी, लघुवित्त र मिटर ब्याजका पिडित जनतालाई अझै बढि पिडित बनाउनु हो। जनताको आसामा तुषारापात छाउनु हो, भन्दा फरक पर्ने छैन। अनुशासन र नैतिकताको खडेरी परेको राजनितिमा यो भन्दा बढी पाईने पनि छैन। त्यसैले प्रतिपक्षले हामी सचेत छौ भन्नुको कुनै अर्थ देखिदैन ।
    जय नेपाल।

    प्रतिकृया दिनुहोस्

    अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य...

    कार्यालयमा बाढी पसेपछि एपीवन टेलिभिजनको प्रसारण बन्द

    काठमाडौं। कार्यालयमा बाढी पसेपछि एपीवन एचडी टेलिभिजनको प्रसारण रोकिएको छ। टेलिभिजनका प्रधान सम्पादक दीपेन्द्र बान्तावाले...

    हिजबुल्लाहको ‘हेटक्वाटर’मै इजरायली सेनाको हमला

    एजेन्सी। इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर)मा आक्रमण गरेको दाबी गरेको छ।...

    असोज १२ गते शनिबारको तपाईको दैनिक राशिफल

    आज मिति वि.सं.२०८१ असोज १२ गते शनिबार || ई.सं.२०२४ सेप्टेम्बर २८ || नेपाल सम्बत ११४४...

    सरकारले लेबनानमा रहेका नेपालीलाई भन्यो- समस्या परेमा दूतावासमा सम्पर्क गर्नू

    काठमाडौँ। सरकारले लेबनानमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सूचना...