News Portal

कागबेनीमा विद्यार्थी सवार बस दुर्घटनामा २१ जना घाइते

घनश्याम खड्का
४६५ पटक

म्याग्दी। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा पर्ने मुक्तिनाथ सडकखण्डको सेल्फिडाँडामुनि घुम्तीमा बस सडकमा पल्टिँदा २१ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार प्रदेश नम्बर ३ ०१००६ ख ६२२ नम्बरको बस मंगलबार बिहान ९ बजे दुर्घटनामा परेको थियो।

मुक्तिनाथ दर्शन गरी फर्क‌दै गरेको ३३ जना विद्यार्थी सवार बस ब्रेक फेल भई सडकमा पल्टिएको हो। दुर्घटनामा घाइते भएका २१ विद्यार्थीको जोमसोम अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा परी सिरहा लहानका आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमीका अनुज न्यौपाने, सिरहा गोलबजारकी ज्योति साह, गुल्मी रुरुकी समीक्षा ज्ञवाली, काठमाडौं कीर्तिपुरकी प्रतीक्षा खड्का, भक्तपुर चाँगुनारायणकी विन्दा दाहल, काठमाडौं एयरपोर्टकी अनामिका थापा, कैलाली गोदावरीका ध्रुवराज जोशी, भोजपुर भोजपरनका पेसल बस्नेत, महोत्तरी जलेश्वरकी रम्मा कुमारी, पाँचथर कुम्मायका आदेश लावती घाइते भएका छन्।

त्यसैगरी सुनसरी हरिनगरका निशान रसाइली, धनुषा धनगढीका सुरजकुमार परियार, बर्दिया मधुवनका सुवास नेपाल, काभ्रे तेमालका सौगात त्रिपाठी, सर्लाही कौडैनाका साहुल साह, काठमाडौं ३५ का साइरस तामाङ, भक्तपुर सूर्यविनायकका अनामिका सुवार, धनुषा जनकपुरका दीपककुमार निधि, सर्लाही हरिवनका निरञ्जन साह र डोटी शिखर नगरपालिकाका रोहित बलायर पनि घाइते भएका छन्।

‘कागबेनीको सेल्फीडाँडामुनि घुम्तीमा शैक्षिक भ्रमणमा आएको विद्यार्थीं सवार बस दुर्घटनामा घाइतेहरूको उद्धार गरी जोमसोमस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेले बताए।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...