News Portal

खाडी मुलुक पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

हिमालीसंचार संवाददाता
२६९ पटक
२०८० चैत १३ गते मंगलबार

काठमाडौँ। खाडी मुलुक ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका–५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने ४० वर्षीय विष्णु बहादुर रानालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ।

ओमनमा आकर्षक तलब हुने घरेलु काममा पटाइदिने लगायत विभिन्न प्रलोभन देखाई पीडितलाई २०८० भदौ २६ गते काठमाडौंबाट भिजिट भिषामा ओमनको मस्कट सहरमा पुर्याएर जबरजस्ती वेश्यावृत्तिमा लगाई शारीरिक तथा मानसिक यातना दिई राखेको अवस्थामा पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले २ लाख ५० हजार माग गरेकोमा पीडितको आफन्तले उक्त रकम दिई पीडित नेपाल फर्कन सफल भएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात् फरार रहेका रानालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरेको हो।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...