News Portal

  • विदेशबाट सुन तस्करी गर्ने गिरोह पक्राउ

    हिमालीसंचार संवाददाता
    २१९ पटक

    काठमाडौं। खाडी मुलुकहरुबाट स-सानो परिमाणमा सुन तस्करी गर्ने र सुन ल्याउने व्यक्तिलाई लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

    काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले विदेशबाट पठाएको सुन लुट्ने र उल्टै सुन ल्याउनेबाट सुन बराबरको रकम असुल्ने गिरोहका ६ जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा काठमाडौंस्थित संकटा मन्दिर परिसरमा कास्की लज सञ्चालन गर्दै आएका ६० वर्षिय धनबहादुर गुरुङ र उनका २८ वर्षिय छोरा नितेश गुरुङ, काभ्रेको सुनकोशी गाउपालिका ४ घर भई काठमाडौं टेबहालमा बस्ने ३३ वर्षका रामकुमार श्रेष्ठ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका ३६ बर्षिय सुजन लामा, पाँचथरको फाल्गुनन्द गाउँपालिकका हेमराज रसाइली र भारत विहारको दरभंगा घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १० मा बस्दै आएका राजेशकुमार जाजोजिया रहेका छन्।

    यो गिरोहले खाडी मुलुकबाट आउने नेपाली कामदारलगायतलाई प्रयोग गरी सुन मगाउने र सुन ल्याउनेलाई लुट्ने तथा सुन बराबरको रकम असुल्ने धन्दा गर्दै आएको प्रहरीले जनाएको छ।

    कास्की लजका सञ्चालक गुरुङ बाउछोराले कास्की मनि चेञ्जरको आडमा तस्करी भएर आएको र लुटेको सुन जम्मा गरेर विभिन्न सुन पसलहरुमा बिक्री गर्दै आएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

    भारतीय नागरिक जाजोजियाले न्युरोडमा महाकाली ज्वेलरी संचालन गर्दै आईरहेका छन् भने रसाइलीले ललितपुरको ताल्छिखेलमा ताप्लेजुङ्ग पाँचथर सिद्धदेबि सुनचाँदी पसल सञ्चालन गर्दै आइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार सुन बुझ्ने र लुटेरा एउटै गिरोहको हुने गरेको र सुन ल्याउनेबाट रकम असुल्ने गरिएको थियो। यसरी दैनिक आउने सुन गुरुङ्ग बाउछोराको मनि चेन्जरको कोठामा जम्मा गरि उपत्यकाका विभिन्न सुन चाँदी पसलमा बिक्री हुदै आएको पनि प्रहरीले बताएको छ।

    प्रहरीले लुकाइराखेको १ सय १३ ग्राम भन्दा बढी सुन र ६ लाख १६ हजार रुपैयाँ गिरोहबाट बरामद गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपाका सबै सांसद राजीनामाको तयारीमा

    काठमाडौं, भदौ २४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी...

    जेन–जी आन्दोलनपछि खानेपानी मन्त्री यादवको राजीनामा तयारी

    काठमाडौं, भदौ २४ – जेन–जी आन्दोलनका क्रममा सोमबार १९ युवाको मृत्यु भएपछि सरकारभित्र दबाब तीव्र...

    आज २०८२ साल भदौ २४ गतेको राशिफल

    आज भदौ २४, २०८२ (सेप्टेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...