News Portal

  • आज चैत्र-१० गते शनिबारको राशीफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    हिमालीसंचार संवाददाता
    ६५२ पटक

    श्री शाके १९४५ विस २०८० चैत्र १० गते शनिबार इश्वी सन् २०२४ मार्च २३ तारीख फाल्गुनशुक्ल पक्ष त्रयोदशी तिथी पश्चात चतुर्दशी तिथी पूर्वफाल्गुनी नक्षत्र शूल योग गर करण चन्द्रमा सिंह राशिमा आनन्दादी योगमा लुम्वा योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु प्रदोषव्रत विश्व मौसम दिवस॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्ने योग रहेको छ। आज तपाईको कार्य क्षेत्रमा मन लागे पनी सामान्य ट्रुटीले मानसिक चिन्ता हुन सक्ने छ। मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भावना रहेको छ। नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहने छ। सभासम्मेलन जन्य कार्यमा सहभागिता जनाउने अवसर प्राप्त हुने छ ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – पारिवारीक झमेलाले सताउन सक्ने छ। आज मान्यजनको सहयोगले आम्दानिका क्षेत्रमा सहयोग पुग्ने देखिन्छ। मातृ पक्षको सहयोगले बौद्धिक विकासमा जुट्ने समय रहेको छ। आज सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ। कार्यक्षेत्रमा लगाईएको लगन सिलताका कारण मानसम्मान प्राप्तिको योग रहेको छ ।

    मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज एक्लो निर्णयले दाजुभाई बिच मनमुटाव रहन सक्ला। आज पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहने योग रहेको छ। आज तपाईको सामान्य यात्रा पश्चात कार्य सिद्धि हुन सक्ने योग रहेको छ। आज सबारी साधनको प्रयोगमा विशेष ध्यान पुऱ्याउनु होला। आज मानसम्मानमा आचँ आउन सक्ने छ । तपाईको कार्य क्षेत्रमा उत्पन्न लापरवाहिले सरसामान हराउन सक्ने सम्भावना रहेको छ ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज बोलिको प्रभावको कारण मान्यजनको सहयोग पाईने छ। आज स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउने छ। मित्रजनको सहयोगले आकस्मिक धनलाभ हुन सक्ने सम्भावना रहेको छ। कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्ने देखिन्छ। तपाईको परीवारका सदस्यहरु सगँ सामान्य बादबिवादको सामना गर्नु पर्ने छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – तपाईको हराएको धनमाल प्राप्ति हुने योग रहेको छ । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुने देखिन्छ । आज संगीततर्फ रुचिजाग्ने छ। तपाईको विश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्ने छ। खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ। अध्ययन अध्यापनमा भने समय उत्तम रहने छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईको साधारण खर्च भए पनी तपाईको दिन मध्यम रहने छ । तपाईको पारिवारिक सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्ने छ। आज सामान्य चोट पटकको सम्भावना रहेको छ। आज ब्यपार ब्यवसायमा पारिवारिक सहयोग मनग्य प्राप्त हुने देखिन्छ। आज भोजभतेर जन्यकार्यमा सहभागिता जनाउने अवसर प्राप्त हुने देखिन्छ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईको धनमालमा सामान्य क्षति हुने योग रहेको छ। तपाई सजग रहनु होला। तपाईको शारीरिक आलस्यताले सताउन सक्ने छ। आज तपाईले लगानी गर्दा विशेष होस पुऱ्याउनु होला। तपाईको प्रेम सम्बन्धमा सामान्य मनमुटाव हुन सक्छ। सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ। नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहने छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – नयाँ कार्यको थालनिले तपाईको मन प्रशन्न रहला । आम्दानी क्षेत्र सबल रहेको छ। तपाईको शुभचिन्तकहरुको सङ्ख्या बृद्धि हुने योग रहेको छ। तपाईको गायन क्षेत्रमा अभिरुचि जाग्ने योग रहेको छ। आज बौद्धिक ब्यक्तित्वहरुको सहयोग प्राप्त हुने समय रहेको छ। तपाईका रचानात्मक कार्यमा जुट्ने उत्तम समय रहेको छ। आज तपाईको अध्ययन अध्यापनमा उत्तम समय रहेको छ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लंग्न हुने देखिन्छ। आज भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने छ । तपाईका कार्यक्षेत्रको प्रतिफल सोच अनुरुप नरहनाले मनमा खिन्नता उत्पन्न हुन सक्ने छ। तपाईको परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्ने योग देखिन्छ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईका कार्य क्षेत्रमा विशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भावना रहेको छ । नजिकका ब्यक्तिबाट धोका हुन सक्छ। सामान्य कार्यमा धेरै समय ब्यतित हुन सक्छ । आज दाजु-भाई बिच सामान्य मनमुटाब हुन सक्ने देखिन्छ। आज तपाईका प्रतिपक्षहरु सबल रहेता पनि तपाईको कार्य क्षेत्रको प्रभावले तपाईका कार्यहरु सहजता पूर्ण सम्पादित हुने छन् ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईले अरुको विश्वास गर्नाले तपाईलाई धोका हुन सक्छ। तपाईका आम्दानी क्षेत्र सबल रहेता पनि तपाईको स्वास्थ्यमा सामान्य समस्य हुन सक्छ। आज खानपानमा विशेष ध्यान दिनु होला। तपाईको आटँ शाहसमा कमी आउनाले तपाईका कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्छ। तपाईको मनमा अस्थिरताले बास गर्न सक्छ। तपाईका कार्य क्षेत्रमा सामान्य ढिलाई हुने योग रहेको छ ।

    मीन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईको सामान्य खर्च हुने योग रहेको छ। कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन। सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ। तपाईको कार्य क्षेत्रमा साजेदारी उत्तम रहेको छैन। तपाईको मान्यजनहरुको सहयोगमा आज आम्दानिका श्रोतहरु जुट्न सक्छ। आज तपाईका ब्यपार ब्यवसायमा जीवन साथीको विशेष सहयोग रहने देखिन्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    महोत्तरीमा टिपरको ठक्करले १७ वर्षीय युवकको ज्यान गयो, एक गम्भीर अवस्थामा अस्पतालमा

    महोत्तरी, असार १६ – बर्दिबास–जलेश्वर सडक खण्डमा टिपरको ठक्करले एक युवकको ज्यान गएको छ भने...

    आज २०८२ साल असार १६ गतेको राशिफल

    आज असार १६, २०८२ (जुन ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए एनसीसीहरू फुटाउन हरेक हत्कण्डा प्रयोग गर्दै बद्री–हेमराज समूह

    काठमाडौँ, असार १५ – अवैधानिक रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय कब्जा...

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय

    काठमाडौं, असार १५ – नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय...

    युरोप, अमेरिका र मध्यपूर्वका अधिकांश एनसीसीले बद्री केसी नियन्त्रित एमआईएस अस्वीकार

    काठमाडौं, असार १५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अनलाइन सदस्यता प्रणाली (एमआईएस) लाई युरोप,...