News Portal

आज चैत्र-७, बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

राशिफल विशेष
७३५ पटक

श्री शाके १९४५ विस २०८० चैत्र ७ गते बुधबार इश्वी सन् २०२४ मार्च २० तारीख फाल्गुनशुक्ल पक्ष एकादशी तिथी तिष्य नक्षत्र अतिगण्ड योग वणिज करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा मातंग योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु आमलकीएकादशीव्रत ॥

– ज्यो.पं सरोज घिमिरे

मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन हुन सक्ने छ। सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्ने समय रहेको छ । तपाईका पूराना मित्रजनहरु सगँको भेटघाटले तपाईको मन प्रशन्न रहनेछ। आज सवारीसाधनको प्रयोगमा विशेष साबधानी अपनाउनु होला। आज तपाईलाई पारीवारिक झोरझमेलाले सताउन सक्ने छ ।

बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईका लागि आय आर्जनका निम्ति अधिक श्रम तथा यात्रा गर्नु पर्ने समय रहेको छ। मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। मान्यजनहरुको सहयोग मनग्य प्राप्त हुने छ। आज तपाईको मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भावना रहेको छ। आज तपाईका यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्ने छ ।

मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागिता जनाउने अवसर प्राप्त हुने छ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहने छ । बाणीमा अस्थीरता छाउनाले नजिकका आफन्तजनहरु सगँको सम्बन्धमा तनाव उत्पन्न हुन सक्ने छ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भावना रहेको छ ।

कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहने छ। ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ। तपाईको स्वास्थ्य क्षेत्रमा सामान्य सुधार रहने छ। तपाईका रोकिएर रहेका कार्य सम्पादित हुनाले तपाईको मन प्रशन्न रहला । आज पारीवारिक  सहयोगमा अधुराकार्यहरु सम्पादित रहने छ । अध्ययन अध्यापनमा समय मध्यम रहेको छ ।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । तपाईका प्रतिस्पर्धीहरु सवल रहनाले हर कदममा सजग रहनु होला। तपाईका स्वास्थ्यमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेको छ। आज परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको विश्वासमा नपर्नु होला ।

कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईका आय आर्जनका विभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चञ्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्ने छ । आज अध्ययन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्ने छ । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहने छ । तपाईका बोलिका कारण आफन्त जनहरुसगँ तनाब उत्पन्न हुने छ ।

तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – सभासम्मेलन जन्य कार्यमा सहभागिता साथै सामान्य मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ। आज तपाईको कार्यप्रतिको लगन सिलतामा बृद्धि हुने छ । मनोरञ्जनका निम्ति सामान्य खर्चको सम्भाबना रहेको छ। मानसिक चञ्चलताले सताउने छ । आज भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनिमा साबधान अपनाउनु होला ।

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईको यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेको छ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्ने योग रहेको छ । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ। आज भौतिक साधनको प्रयोगमा समय ब्यतित रहने छ। आज तपाईको परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईको स्वास्थ्य सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्ने छ। तपाईका कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ। खानपानका क्षेत्रमा विशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिने छ । गैर ब्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भाबना रहनेछ ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईलाई शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ। तपाईका दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्ने छ। आज मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहने छ । अध्ययन अध्यापन मध्यम रहने छ ।

कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द- तपाईकोद्वारा सम्पादित कार्यमा त्रुटी देखाउनेहरुको बृद्धि हुने छ । तपाईका स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने देखिन्छ। आज अनावश्यक खर्चको सम्भाबना रहेको छ। गैर ब्यत्तिहरुको विश्वासमा नपर्नुनै उत्तम रहने छ। तपाईका यात्रामा सामान्य झन्झट आईपर्न सक्ने छ । सामाजिक कार्यका क्षेत्रमा जुट्ने विशेष समय रहेको छ ।

मीन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज बौद्धिक ब्यत्तित्वहरुको सहयोगमा दिर्धकालिन आम्दानिका श्रोतहरु फेला पर्ने देखिन्छ। तपाईका अध्ययन अध्यापनका क्षेत्रमा समय ब्यतित रहने छ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सक्ने सम्भावना रहेको छ । तपाईका स्वास्थ्यका निम्ति सामान्य खर्चको सम्भाबना समेत रहेको देखिन्छ। आज तपाईका स्वास्थ्यमा सामान्य सुधारको योग रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...