News Portal

  • चुरेमा स्वास्थ्य चौकी निर्माण अलपत्र बन्दै

    केबि महरा
    ५१० पटक

    कैलाली। चुरे गाउँपालिका ६ नम्बर वडामा स्वास्थ्य चौकी भवन निर्माण अलपत्र बन्दै गइरहेको छ।

    पालिकाको वडा न. ६ स्थित शान्तिनगरमा रहेको साविक अस्थायी स्वास्थ्य-चौकिलाई थप स्तरउन्नती गरि स्थायी संरचना निर्माणको कार्य अघिल्लो कार्यकालमै सम्पन्न गरिसक्नुपर्ने भएपनी भवन निर्माणका लागि वडाले, ठाउँ एकिन गर्न नसक्दा स्वास्थ्य चौकी निर्माण कार्य थप अन्यौलमा पर्दै गैइरहेको हो।

    वडा भित्र साविकै स्थानमा बनाउन दर्ता जमिन आवस्यक पर्ने प्रस्ताव सहयोगी संस्थाले अघि सारेपछी वडाले उक्त विषयलाई सहमतिकै आधारमा टुंगोमा पुर्याउन यस अघि पटक-पटक प्रयास गर्दै आएपनी एकिन निर्णयमा पुग्न सकेको छैन।

    भौगोलिक क्षेत्रका हिशाबले विकट रहेको यहाँका बासिन्दा सामान्य उपचार, सुत्केरी सेवा, सिटामोल लगायत न्युनतम स्वास्थ्य सेवा लिनका लागि छिमेकी जिल्ला डोटिको बुडरमा रहेको स्वास्थ चौकी पुग्नु पर्ने वा थप उपचारका लागि अत्तरिया, धनगढीसम्मै धाउनु पर्ने दु:ख रहेको र आर्थिक अवस्था न्यून भएकाहरु थप मारमा पर्ने गुनासो स्थानीयले गरेका छन्।

    दोश्रो कार्यकाल समेत यसै क्षेत्रबाट जितेका वडा अध्यक्ष प्रेम सावदले यो समस्या जसरी पनि निचोडमा पुर्याई छाड्ने कुरामा आफू कृयाशिल रहेको प्रतिक्रिया दिएका छन्।

    उता गाउँपालिका उपाध्यक्ष धनादेवी थापाले सम्पुर्ण वडाबासिलाई पायक पर्ने स्थानमा स्वास्थ्य चौकी भवन बन्नुपर्नेमा आफ्नो जोड रहेको र वडाले समन्वय गरे सहयोग गर्ने वाचा दोहोराउनु भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...