News Portal

चुरेमा स्वास्थ्य चौकी निर्माण अलपत्र बन्दै

केबि महरा
५८९ पटक

कैलाली। चुरे गाउँपालिका ६ नम्बर वडामा स्वास्थ्य चौकी भवन निर्माण अलपत्र बन्दै गइरहेको छ।

पालिकाको वडा न. ६ स्थित शान्तिनगरमा रहेको साविक अस्थायी स्वास्थ्य-चौकिलाई थप स्तरउन्नती गरि स्थायी संरचना निर्माणको कार्य अघिल्लो कार्यकालमै सम्पन्न गरिसक्नुपर्ने भएपनी भवन निर्माणका लागि वडाले, ठाउँ एकिन गर्न नसक्दा स्वास्थ्य चौकी निर्माण कार्य थप अन्यौलमा पर्दै गैइरहेको हो।

वडा भित्र साविकै स्थानमा बनाउन दर्ता जमिन आवस्यक पर्ने प्रस्ताव सहयोगी संस्थाले अघि सारेपछी वडाले उक्त विषयलाई सहमतिकै आधारमा टुंगोमा पुर्याउन यस अघि पटक-पटक प्रयास गर्दै आएपनी एकिन निर्णयमा पुग्न सकेको छैन।

भौगोलिक क्षेत्रका हिशाबले विकट रहेको यहाँका बासिन्दा सामान्य उपचार, सुत्केरी सेवा, सिटामोल लगायत न्युनतम स्वास्थ्य सेवा लिनका लागि छिमेकी जिल्ला डोटिको बुडरमा रहेको स्वास्थ चौकी पुग्नु पर्ने वा थप उपचारका लागि अत्तरिया, धनगढीसम्मै धाउनु पर्ने दु:ख रहेको र आर्थिक अवस्था न्यून भएकाहरु थप मारमा पर्ने गुनासो स्थानीयले गरेका छन्।

दोश्रो कार्यकाल समेत यसै क्षेत्रबाट जितेका वडा अध्यक्ष प्रेम सावदले यो समस्या जसरी पनि निचोडमा पुर्याई छाड्ने कुरामा आफू कृयाशिल रहेको प्रतिक्रिया दिएका छन्।

उता गाउँपालिका उपाध्यक्ष धनादेवी थापाले सम्पुर्ण वडाबासिलाई पायक पर्ने स्थानमा स्वास्थ्य चौकी भवन बन्नुपर्नेमा आफ्नो जोड रहेको र वडाले समन्वय गरे सहयोग गर्ने वाचा दोहोराउनु भएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...