News Portal

  • आज चैत्र-४ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल
    ५४९ पटक

    श्री शाके १९४५ विस २०८० चैत्र ४ गते आइतबार इश्वी सन् २०२४ मार्च १७ तारीख फाल्गुनशुक्ल पक्ष अष्टमी तिथी मृगशिरा नक्षत्र आयुष्मान योग भद्रा करण चन्द्रमा बृष राशिमा आनन्दादी योगमा सौम्य योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु अष्टमीव्रत गोरखकालीपूजा होलीशूरु चीरउठाउने चीरस्वाय ॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – प्रीयजनको स्वास्थ्यमा सामान्य खराबी आउनाले तपाईको मानसिक समस्या आई पर्न सक्ने योग रहेको छ। बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको  सहयोगमा बृद्धि हुने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा विशेष सजग रहनु होला। यात्रामा सजग रहनु होला । बाद विबादका झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईको ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागि राम्रो समय रहेको छ। मान्यजनको  सहयोगद्वारा गरिरहेको काममा विशेष फाइदा प्राप्त हुने छ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहने छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । तपाईले भौतिक श्रोत साधनको प्रयोगले तपाईको मन प्रशन्न रहला ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईको सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पूर्ण ब्यतित हुने छ। आज सामान्य यात्राको सम्भाबना रहेको छ । तपाईको खानपानका कारण स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्न सक्छ । अरुको छिटो विश्वास गर्ने बानीका कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – तपाईको पुराना तथा मित्रजनको भेटघाटले मन हर्षित रहने छ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ। तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेको छ। तपाईको प्रतिपक्षिहरु सबल रहनाले कार्य सम्पादनमा झन्झट पर्न सक्छ । आज तपाईको नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – तपाईको परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरणबाट विशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारीरिक आलस्यताले सताउने योग रहेको छ । पारीवारिक सहयोगबाट काममा विशेष फाईदा हुने छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – तपाईले कार्य सम्पादनमा भएका सामाय त्रुटीले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेको छ। आज प्रतिस्पर्धी कमजोर रहनाले तपाइलाई कार्य क्षेत्र सहज बन्ने छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ । दाजुभाई तथा मित्रजनको सहयोगमा गरीएका कार्यमा विशेष फाईदा पुग्ने छ।

    तुला राशिः र, रि, रू, रे, रो, ता, ति, तु, ते – तपाईको कार्य सम्पादनमा अरूको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थ्यमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्छ। आज भोजभतेर जन्य कार्यमा सहभागिताको योग रहेको छ। सभासम्मेलनमा सहभागिताको उत्तम समय रहेको छ । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुने छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईको ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जीवन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्ने देखिन्छ । अध्ययन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ। शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहने छन् । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले तपाईको मन प्रशन्न रहनेछ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज अपरीचीत ब्यक्तिहरूको विश्वास गर्नाले षड्यन्त्रमा  सजग रहनु पर्ने समय रहेको छ । आज शत्रु सबल रहनेछन । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले विशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – अध्ययन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । तपाईको सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पुग्ने देखिन्छ । आज तपाईको आम्दानी मध्यम रहेको देखिन्छ। बौद्धिक ब्यत्तित्वहरूको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्ने छ। आज आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दिगो फाईदा मुलक साबित हुनेछन ।

    कुम्भ राशिः  गु, गे, गो, सा, सि, सु, से, सो, द – भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।  आज कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनहरुको सहयोगमा जटिल कार्यहरु सम्पादित हुने देखिन्छ । अरुको दबाबको अनुभब हुन सक्ने छ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्ने छ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईलाई मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । अध्ययन अध्यापन मध्यम रहेको छ। तपाईको मनमा चञ्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकिएला । आज कार्य सम्पादनमा लगाईएको लगनसिल्ताको राम्रो कदर हुनाले तपाईको मन प्रशन्न रहने छ । आज  बल पराक्रममा बृद्धि हुने योग रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal