News Portal

मनी ट्रान्सफरमा लुटपाट : सञ्चालकमाथि गोली प्रहार, ३ जना पक्राउ

रुपेन्द्र पटेल
३५९ पटक

गौर। रौहतटमा मनी ट्रान्सफरमा लुटपाट भएको छ। रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिवम मनी ट्रान्सफरमा लुटपाट भएको हो।

शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका तीनजना लुटेराले मनी ट्रान्सफर सञ्चालकलाई धम्क्याउँदै लुटपाट गरेका हुन्।

त्यस क्रममा लुटेराहरूले मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नीतेश साहलाई गोली प्रहार गरेका छन्। गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरिले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको बताइन्। लुटपाटमा संलग्नलाई तीनजना पक्राउ परेको प्रवक्ता तथा डीएसपी गिरिले बताइन्।

रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले एक थान पेस्तोल सहित घटनाको केही बेरमै नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...