चैत्र-२, शुक्रबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो निर्धारण गरेको छ। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ ।
अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।