News Portal

आज चैत्र-१ गते बिहिबारको राशीफल हेरेर तपाईको शुभ दिनको शुरुवात गर्नुस्

आजको राशीफल
४६७ पटक

श्री शाके १९४५ विस २०८० चैत्र १ गते बिहीबार इश्वी सन् २०२४ मार्च १४ तारीख फाल्गुनशुक्ल पक्ष चतुर्थी तिथी पश्चात पञ्चमी तिथी भरणी नक्षत्र बैधृती योग वणिज करण चन्द्रमा मेष राशिमा आनन्दादी योगमा पद्य योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु चैत्रसंक्रान्ती॥

  ज्यो.पं सरोज घिमिरे

मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – पारीवारिक मनोरञ्जनका क्षेत्रमा तपाईको समय उत्तम रहेको छ। नयाँकार्य थालनिको योग रहेको छ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ । आज तपाईको ब्यपार ब्यवसायमा समय उत्तम रहेको छ। आज तपाईको दाम्पत्य सम्बन्धमा सुधार रहनेछ। तपाईको प्रतिस्पर्धा जन्य कार्यमा समय उत्तम रहेको छ । तपाईको अधुराकार्यहरु सुचारु गर्न समयले विशेष साथ दिने छ ।

बृष राशीः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला। मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक झमेलामा फस्न सकिने सम्भाबना रहेको छ। सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ने दिन रहेको छ ।

मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईको प्रतिस्पर्धामा अब्बल रहने छ । आय मुलक कार्यको थालनी हुने योग रहेको छ। नयाँ कार्यको थालनिले तपाईको मनमा हर्ष पैदा हुने छ। अध्ययन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्र जनको सहयोगबाट कार्य सम्पादनमा मद्दत पूग्ने छ ।

कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – परीश्रमको उचित मुल्यांकन नहुनाले मनमा खिन्नताले बास गर्ने छ । मान्यजनको सहयोगको कमी महसुस हुने छ । तपाईको भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । तपाईको पारीवारको सहयोगद्वारा आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्ने योग रहेको छ ।

सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईको आफन्तजन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेको छ। आज तपाईको पराक्रममा बृद्धि हुने छ। तपाईको नजिकका ब्यक्तिबाट बिश्वासघात हुन सक्छ। आज धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहने छ। मनोबिलासिताका सामान खरीद योग रहेको छ। आज दाजु-भाई तथा इष्टमित्र बिचको सम्बन्ध सुधार हुने योग रहेको छ ।

कन्या राशीः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – तपाईको वाणीका कारण सामान्य वादविवाद आई पर्ने छ। तपाईको नजिकका साथी-भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्ने योग रहेको छ । तपाईको शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । तपाईले गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेको छ। मनमा चञ्चलताले बास गर्नाले सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने छ ।

तुला राशीः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईलाई मान्यजनको सहयोगको कमी महसुस हुने छ । भौतिक श्रोत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नु पर्ने समय रहेको छ । तपाईको प्रेम सम्बन्धमा सुधार आउने छ। तपाईको जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्ने छ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै राम्रो हुने छ । शारीरिक आलस्यताले सताउनेछ ।

बृश्चिक राशीः  तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज यात्राका निम्ति सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्धीहरु कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा रहला । आज तपाईको स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्ने छ । गैर ब्यक्तिको पूर्ण विश्वास नगर्नुनै राम्रो हुने छ । तपाईको घर परिवारबाट टाढाँ भएको अनुभूति हुन सक्ने छ । सामाजिक कार्यका क्षेत्रमा अधि नबढ्नु होला।

धनु राशीः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहने छ। तपाईको पारिवारीक मनोरञ्जका निम्ति सामान्य खर्च हुने छ। सामान्य सघंर्ष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्ने छ। बिद्यार्थी बर्गका लागि दिन उत्तम समय रहेको छ। रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेको छ ।

मकर राशीः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – तपाईको पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्ने छ । तपाईको भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहने छ ।

कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, द – तपाईको निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउने छ। शुभचिन्तकहरुको सहयोग प्राप्त हुनाले कार्य सहज बन्ने छ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्ने छ ।

मिन राशीः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईको बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । आज तपाईले स्थिर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहने योग रहेको छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...