News Portal

कुवेतमा ३ नेपालीले सडक दुर्घटनामा ज्यान गुमाए

हिमालीसंचार संवाददाता
७६२ पटक

कुवेत सिटी। कुवेतमा सडक दुर्घटनामा परि तीन जना नेपाली नागरिकको मृत्यु भएको छ। हिजो मार्च १२ तारिख बिहान ५ बजेको समयमा कुवेतको महाबुल्ला क्षेत्रको सिसाईड रोडमा उक्त घटना भएको बुझिएको छ।

मूत्यु हुनेमा सानो भर्याङ्ग नागार्जून -२ काठमाण्डौंका सुजन कार्की, लयती पन्चदेवल विनायक -५ आछामका सुरत बहादुर कडायत र वेंगादवार -३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन।

मृतकहरु कुवेतको पापाजोन कम्पनीमा कार्यरत थिए। हवालिमा बस्दै आएका सुजन र धिरज सोमवार राति महाबुल्ला बस्ने साथि सुरतलाई भेट्न गएको र हिजो बिहान डिउटीको लागि कोठामा फर्कने क्रममा बस चढाउन आएका सुरतसहित तिनै जनालाई स्थानिय नागरिकको गाडिले ठक्कर दिदा घटनास्थलमै निधन भएको हो।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, मृतकहरुको शवलाई पोष्टमार्टमको लागि फरवानिया हस्पिटल राखिएको छ।

नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सुचना अधिकारी प्रेमराज गौतमका अनुसार ‘घटनाको सुचना पाए लगतै आवश्यक प्रकृया अगाडी बढाई परिवार तथा कम्पनिसंग सम्पर्कमा रहेको र शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागी पहल गर्ने जनाएका छन।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...