News Portal

१९७४ एडीको फेसबुक पेज साइबर आक्रमणको निशानामा परी ह्याक

हिमालीसंचार संवाददाता
२८७ पटक

फाल्गुण-३०, बुधबार/काठमाडौं – चर्चित रक सांगीतिक समूह ‘१९७४ एडी’ समुहको आधिकारिक फेसबुक पेज साइबर आक्रमणको निशानामा परेको छ।

बंगलादेशी मुस्लिम ह्याकरहरूको समूह बताउने ‘साइबर क्रिमिनल फोर्स’ ले मंगलबार साँझ करिब ९ बजेतिर ब्यान्डको आधिकारिक फेसबुक पेज कब्जामा लिएको देखिन्छ । 

व्यन्डको करिब १ लाख २१ हजार फलोअर रहेको फेसबुक पेजमा आफूलाई ह्याकर बताउने समूहले गएको एक घण्टामा बंगाली र अङ्ग्रेजी भाषामा ३२ वटाभन्दा बढी पोष्ट गरिसकेका छन् । केही समय फेसबुक लाइभसमेत गरेका ह्याकरहरूले कभर फोटो र डिस्प्ले इमेजसमेत परिवर्तन गरेको देखिन्छ ।

ह्याकरहरूले १९७४ एडीको पेजबाट आफूलाई फलोसमेत गरेका छन् भने पेजको वालमा जथाभावी पोष्ट गरिरहेका छन् । यस विषयमा ब्यान्डका सदस्यले हालसम्म कुनै प्रतिकृया दिएका छैनन् । ब्यान्डमा निराकर याकथुम्बा, मनोज कुमार केसी, सञ्जय श्रेष्ठ लगायत सदस्यहरू आबद्ध रहेका छन् । यो खबर कान्तिपुर दैनिकले लेखेको छ। 

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...