फाल्गुण-२९, मंगलबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो निर्धारण गरेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ ।
यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा निर्धारण गरेको छ।
यता, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७१ पैसा र बिक्री दर १७० रुपैयाँ ४९ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।