फाल्गुण-२८, सोमबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर १३२.१६ रुपैयाँ बिक्री दर १३२.७६ रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४.५७ रुपैयाँ भने बिक्री दर १४५.२३ रुपैयाँ तोकेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.९४ रुपैयाँ छ भने बिक्री दर १७०.७२ रुपैयाँ निर्धारण गरेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६० रुपैयाँ तोकेको छ भने बिक्री दर ८७.९९ रुपैयाँ निर्धारण गरेको छ ।
यता, साउदी रियाल एकको खरिद दर ३५.२४ रुपैयाँ छ भने बिक्री दर ३५.४० रुपैयाँ निर्धारण गरेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२१ रुपैयाँ छ भने बिक्री दर २८.३४ रुपैयाँ नेपाल राष्ट्र बैंकले निर्धारण गरिएको जनाएको छ ।