आज : २०२६-०७-२५, शनिबार

नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ

फाल्गुण-२७, आइतबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ निर्धारण गकेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरेको छ । 

त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा निर्धारण गरेको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ। 

यता, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १७० रुपैयाँ ३३ पैसा निर्धारण गर्दै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा निर्धारण गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।