फाल्गुण-२६, शनिबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ निर्धारण गरेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा निर्धारण गरेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा तोकेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १७० रुपैयाँ ३३ पैसा छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको नेपाल राष्ट्र बैंकले निर्धारण गरेको छ ।