News Portal

मोरङको रंगेलीमा आफ्नो पुर्ख्यौली पेशालाई अँगाल्दै बब्लु र छोटु

रबिन्द्र बराल, मोरङ
३८५ पटक

फाल्गुण-२५, शुक्रबार/मोरङ – मोरङको कानेपोखरी गाउँपालिका-४ रमाइलोमा बसोबास गर्दै आएका  बब्लु साह र उनका भाई छोटो साहले विगत २० वर्षदेखि मोरङको पुरानो बजार दोहमानामा चटपटे व्यवसायी पेशालाई अँगाल्दै आएका छन्।

पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीमा आकर्षित भएतापनि उनीहरुले भने  नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन्। सुरुको अवस्थामा घरको आर्थिक अवस्था नाजुक भएको कारणले गर्दा उनीहरुले पढाईलाई निरन्तरता दिन सकेनन्। उनीहरु पढाईबाट वञ्चित भएपछि बुबाले गर्दै आएको पेशालाई नै जिम्मेवारी लिएर निरन्तरता दिन थालेको बब्लुले बताए। 

गाउँघरका युवाहरू धेरै विदेश गएता पनि उनीहरुले भने स्वदेशमै बसेर आफ्नो जीवनयापन गर्न सहज हुने विश्वास गरेपछि उनीहरुले सोही पेशालाई अँगालेको बताए। उनले ११ वर्षको उमेर हुँदा नै पढाइ छाडेर   चटपटे व्यवसायमा लागेको बताए। 

युवाहरू वैदेशिक रोजगारीमा आकर्षित भएतापनि उनीहरुले भने आफ्नै पुर्ख्यौली पेशालाई निरन्तरता दिन सोही पेशा गर्न थालेको बब्लुले हिमालीसंचारडटकमसंग बताए। सो पेशाबाट उनीहरूले अहिले आफ्नो १२ जनाको घर परिवार धान्दै आइरहेका छन्।  

चटपटे व्यवसायबाट उनीहरुले ३ कट्ठा जग्गा समेत खरिद गरेर अहिले सोही स्थानमा बसोबास समेत गरिरहेको छोटुले बताए। उनीहरूले प्रत्येक आइतबार बिहिबार लाग्ने दोहमाना बजारमा आफ्नो चटपटे व्यवसाय सञ्चालन समेत गर्दै आइरहेका छन्। 

उनीहरूले साताको दुई दिनमा २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बब्लुले बताए। उनीहरूले बनाउने चटपटेमा विभिन्न प्रकारका धेरै सामग्री हालेपछि थोरै पैसामा पनि धेरै चटपटे आउने भएको कारणले गर्दा ग्राहकहरू झुम्मिएर बस्ने गरेका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...