आज : २०२६-०७-२५, शनिबार

आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ

फाल्गुण-२५, शुक्रबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दरको तालिका निर्धारण गरेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ निर्धारण गरेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

यता अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा निर्धारण गरेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसा तोकेको छ। 

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।