फाल्गुण-२३, बुधबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबार विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ निर्धारण गरेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरेको छ ।
यता अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा निर्धारण गरेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा कायम गरेको छ।
त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८५ पैसा र बिक्री दर १६८ रुपैयाँ ६१ पैसा र कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा निर्धारण गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।