News Portal

कतार पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

हिमालीसंचार संवाददाता
३३१ पटक

काठमाडौं। कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा काठमाडौंकाे टोखा नगरपालिका-९ बस्ने ३५ वर्षीय रोशनी राणा रहेकी छन्।

राणाले विनोद चौरेललाई वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु, त्यसको लागि २ लाख ७० हजार रुपैयाँ लाग्छ र कतार पुगेपछि प्रतिष्ठित कम्पनीमा क्लिनरको काम लगाइदिन्छु जहाँ मासिक ७० हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पटक पटक गरी २ लाख ७० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले राणाको खोजतलास गर्ने क्रममा आइतबार बुढानीलकण्ठ नगरपालिका-११ फैकाबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...