News Portal

निशुल्क हाईड्राेसिल सल्यक्रिया रंगेली अस्पतालमा सुरु

हिमालीसंचार संवाददाता
४०१ पटक

मोरङ। रंगेली अस्पतालमा हाइड्रोसिलको निःशुल्क उपचार सुरु भएको छ। गत शुक्रबारदेखि हाइड्रोसिलको अपरेसन सेवा सुरु भएको हाे।

उक्त सेवामा रङ्गेली नगरपालिका सुनबर्सी नगरपालिका धनपालथान गाउँपालिका लगायत आसपासका स्थानीयहरुले सेवा लिइरहेका छन्।

शुक्रबारदेखि भएको शिविरमा हालसम्म २० जनाले हाइड्रोसिलका बिरामीहरुकाे सफलता पुर्वक अपरेसन सफल पुर्वक भईरहेकाे छ।

शिविरमा २५ वर्षकाे युवादेखि ८० वर्षसम्मको वृद्धहरूले समेत निःशुल्क सेवा लिईरहेका छन। शिविरमा बिरामीहरुकाे लागि निशुल्क यातायात, खानाकाे समेत व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यलयका अधिकृत अनिल देवले बताए।

हाइड्रोसिलको सेवा निजी अस्पतालमा गरेमा २० देखि २५ हजार रुपैयाँसम्म लाग्ने गरेकाे भएता पनि स्वास्थ्य कार्यलय माेरङले निशुल्क सेवा सुरु गरेको बताए।

माेरङभरिका ३ सय जनाकाे निशुल्क अपरेसन गर्ने र पुन: हाइड्रोसिलको बिरामी थप भएमा पुन: समय थप गरेर अप्रेसन समेत गरिने अनिल देवले जानकारी दिएका छन।

उक्त शिविर स्वास्थ्य कार्यालय मोरङको आयोजना र रंगली अस्पतालको सहयोगमा साे सिविर १ महिनासम्म गरिने अस्पताल प्रशासनका ओम प्रकाश यादवले बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...