News Portal

निशुल्क हाईड्राेसिल सल्यक्रिया रंगेली अस्पतालमा सुरु

हिमालीसंचार संवाददाता
३६३ पटक

मोरङ। रंगेली अस्पतालमा हाइड्रोसिलको निःशुल्क उपचार सुरु भएको छ। गत शुक्रबारदेखि हाइड्रोसिलको अपरेसन सेवा सुरु भएको हाे।

उक्त सेवामा रङ्गेली नगरपालिका सुनबर्सी नगरपालिका धनपालथान गाउँपालिका लगायत आसपासका स्थानीयहरुले सेवा लिइरहेका छन्।

शुक्रबारदेखि भएको शिविरमा हालसम्म २० जनाले हाइड्रोसिलका बिरामीहरुकाे सफलता पुर्वक अपरेसन सफल पुर्वक भईरहेकाे छ।

शिविरमा २५ वर्षकाे युवादेखि ८० वर्षसम्मको वृद्धहरूले समेत निःशुल्क सेवा लिईरहेका छन। शिविरमा बिरामीहरुकाे लागि निशुल्क यातायात, खानाकाे समेत व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यलयका अधिकृत अनिल देवले बताए।

हाइड्रोसिलको सेवा निजी अस्पतालमा गरेमा २० देखि २५ हजार रुपैयाँसम्म लाग्ने गरेकाे भएता पनि स्वास्थ्य कार्यलय माेरङले निशुल्क सेवा सुरु गरेको बताए।

माेरङभरिका ३ सय जनाकाे निशुल्क अपरेसन गर्ने र पुन: हाइड्रोसिलको बिरामी थप भएमा पुन: समय थप गरेर अप्रेसन समेत गरिने अनिल देवले जानकारी दिएका छन।

उक्त शिविर स्वास्थ्य कार्यालय मोरङको आयोजना र रंगली अस्पतालको सहयोगमा साे सिविर १ महिनासम्म गरिने अस्पताल प्रशासनका ओम प्रकाश यादवले बताए।

प्रतिकृया दिनुहोस्

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...