News Portal

नेपाली कांग्रेसको महासमिति बैठक

कमला थापा
४४९ पटक

यहि फाल्गुण ७ गतेदेखी १० गतेसम्म नेपाली कांग्रेसको महांसमिति बैठक ललितपुरको गोदावरीमा हुदैछ। महांसमिति बैठकलाई सबै कार्यकर्ता, राजनितिक जगतले नियालिरहेका र चासो राख्ने जनसमुदायले निकै महत्वका साथ हेरेको देखिन्छ। नेपाली कांग्रेसलको बिधान अनुसार प्रत्येक बर्ष गर्नुपर्ने महांसमिति बैठक बिधानत भएको देखिदैन। बिधान केवल बोलीचालीमा मात्र प्रयोग गरिने तर कामहरु पार्टि बिधान विपरीत नै हुनेगरेको पाईन्छ। तीन-तीन महिनामा बस्नु पर्ने बैठकहरु बस्दैन। भन्नु पर्दा नेपाली कांग्रेस नेतृत्वको तजबिजी ढगंले चल्दै आएको कुरा कसैबाट लुकेको छैन।

कुनै पनि देशलाई खत्तम गर्नु छ भने सर्बप्रथम त्यो देशको मौलिक धर्म, संस्कृति, सभ्यता, शिक्षा र ईतिहांसमाथि प्रहार गर्नुपर्छ। त्यो देश आफै सकिन्छ। कुनै मिसायलको जरुरत नै पर्दैन भन्ने बुझेका बिदेशी तत्वहरुको डिजाईनमा काम गर्नेहरुले यो शान्तिपूर्ण तपो भूमिमाथि राष्ट्रघात गरिरहेका छन्।

नेपाली कांग्रेस भित्र शनातन हिन्दु अधिराज्यको बिषय सधै जोडतोडका साथ उठ्ने गरेको छ। तर त्यस्ले प्राथमिक्ता पाएको छैन। समितिको बैठकमा उठाउनु पर्ने प्रमुख बिषयहरुको प्रतिबेदन तयार गर्न दुई महांमन्त्री र एक उपसभापति सहितको तिन सदस्सिय समिती बनेको छ। संगठन सम्बन्धी प्रतिबेदन बनाउने जिम्मा महांमन्त्री गगन कुमार थापा, कांग्रेसको निती बनाउने उपसभापति पूर्ण बहादुर खडका र समसामयिक राजनितिक बिषयमा अर्का महांमन्त्रीको जिम्मामा रहेको पाईन्छ। आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाब लड्नु पर्छ। गठबन्धन गरिने छैन भन्ने सुझाबप्रति सच्याउन नेतृत्वको दबाब बढेको सुनिन्छ। उक्त समितिले धर्मको बिषयलाई प्रस्ताबमा ल्याएको छैन र ल्याउनेवाला पनि छैन। किनकी त्यो समितिमा भयका सदस्यहरुको प्राथमिक्तामा यो विषयले प्रवेसै पाएको छैन पाउनेवाला पनि देखिदैन। जो शनातन हिन्दु धर्मका बिरोधी बिदेशीका पृष्ठपोषक छन्। तर महांसमिति बैठकमा यो बिषय शसक्त रुपमा उठ्ने भएको छ। हिजोसम्म भएको नेपाली कांग्रेसको केन्द्रिय बैठकमा २२ जना केन्द्रिय सदस्यहरुले हस्ताक्षर सहित यो बिषयलाई उठाएका छन्। यसको लागि केन्द्रिय सदस्य, साम्सद शंकर भण्डारीको संयोजकत्वमा पूर्वसभामुख दमननाथ ढुङ्गानाको समेत समर्थन रहेको र बरिष्ठ पूर्वमन्त्री, केन्द्रिय सदस्य, सांसदहरु लगायतको समिति गठन भै प्रतिबेदन तयार गरिएको जानकारी आएको छ। उक्त बिषयमा सभापति शेरबहादुर देउवाले केही महिना अघि समेत यो बिषयमा छलफल अगाडी बढाउने कुराको जानकारी समेत गराउनु भएको थियो।

विश्वको एक मात्र शनातन हिन्दु राष्ट्र नेपाल जहां ९४/ प्रतिशत ओमकार परिवारको बाहुल्यता भएको मूलुक कसरी र किन धर्म निरपेक्ष बनाईयो ? सबै धर्मको रक्षा गर्दै आएको शनातन धर्मले अल्पसंख्यक रुपमा भएका अन्य धर्मावलम्बीहरुको समेत सम्मान गर्दै धार्मिक सहिष्णुता, भएको मूलुकलाई किन ? र कस्को आग्रहमा धर्म निरपेक्ष घोषणा गरियो, यो जगजाहेर छ। पश्चिमाहरुको डिजाईन र यूरो, डलरमा बिकेका केही नेताहरुको घुसपैठमा नेपाललाई धर्म निरपेक्ष मूलुक बनाईयो। कुनैपनि देशलाई खत्तम गर्नु छ भने सर्ब प्रथम त्यो देशको मौलिक धर्म, संस्कृति, सभ्यता, शिक्षा र ईतिहांसमाथि प्रहार गर्नु पर्छ। त्यो देश आफै सकिन्छ। कुनै मिसायलको जरुरत नै पर्दैन भन्ने बुझेका बिदेशी तत्वहरुको डिजाईनमा काम गर्नेहरुले यो शान्तिपूर्ण तपो भूमिमाथि राष्ट्रघात गरिरहेका छन्।

अहिले देशमा उठाउनुपर्ने जल्दोबल्दो बिषयहरु धेरै छन्। जस उपर सरकार, पार्टीहरुको प्राथमिक्ता भित्र पर्नै सक्दैन। संन्चालित ब्यक्तिहरुबाट देश बिकाशको कल्पना गर्नु बेकारको कुरा हो। हजारौं घटना घटे आयोग बन्छ। तर त्यो केवल औपचारिक्तामा सिमित, बनेका आयोगहरुले पनि अपुरै रिपोर्ट बुझाएको देखियो। जस्तो ललिता निवासको। बरिष्ठ अधिवक्ताहरुले बताईरहेका छन्। आयोगले बुझाएको प्रतिवेन अझै अपुरो आएको छ। भ्रष्टाचर, माफिया, बिचौलियाहरुको बिगबिगी भएको बिषयलाई सरकार, पार्टीहरुले स्वूकार गरिसकेको भएता पनि भ्रष्टाचारमा संम्लग्न, सरकारी जग्गा हिनामिना गर्ने ठूला नेता, मन्त्री, पूर्वप्रधानमन्त्रीहरुलाई जोगाउने, साना कर्मचारीलाई मात्र कारवाही भएको देखियो। बालकुमारी घटनामा मन्त्रीको लापर्वाहीबाट दुई यूवाको ज्यान गयको सरकारी आयोगको प्रतिवेदन आयो। अब मन्त्री हटाईन्छ की ? हटाइदैन हेर्न बाँकी छ।

त्यसैले राष्ट्रिय रुपमा उठाउनुपर्ने महत्वपूर्ण बिषयहरु धेरै छन्।‌ जस्तो:- भर्खरै मात्र सरकारले देशका तिन अन्तराष्ट्रिय विमानस्थलहरुको सम्पुर्ण संन्चालनको जिम्मा बिदेशी कम्पनीलाई दिन लागेको छ। यसरी दिदै जांदा यसले “बोडर कन्ट्रोल” गर्छ कि गर्दैन ? भारतले पहिला देखी चाहेको, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बिपा सम्झौता गर्न लागेको बिषय यहि थियो। देशका संबेदनशील कुराहरु सबै बिदेशीलाई सुम्पिदै जाने हो भने यो गणतन्त्रका ठेकेदार पार्टीहरुले गर्ने काम चांहि के हो ? यूवा पलायन रोक्नको लागि बन्द गरिएका उद्दोग धन्दाहरु खोल्ने बिषयमा कांग्रेसले पहल गर्नुपर्छ की पर्दैन ? यस्ता बिषयहरुमा कांग्रेसले राष्ट्रिय निती बनाउनुपर्छ की पर्दैन ? तर समितिले ल्याउदै गरेको प्रस्ताबमा यस्ता बिषयले स्थान पाएको देखिदैन। अर्को कांग्रेसको प्रस्तावमा आजसम्म हिनामिना भएका सरकारी जग्गा अचल सम्पत्तिहरु सबै सरकारको स्वामित्वमा ल्याउने प्रतिबद्धता सहितको प्रतिबेदन पास गर्नुपर्नेछ। साथै भ्रष्टाचरमा संम्लग्न ब्यक्ति जो-कोही भयपनी छाड्नु हुदैन। के यस्ता प्रस्ताब पास गर्न सक्छ ? अहिले आउदै गरेको प्रस्ताबहरु सुन्दा गठबन्धनको दवाव र प्रभाब परेको देखिन्छ। त्यसैको छायामा बनाईएको भन्न गारो नपर्ला। कांग्रेस अब कांग्रेस जस्तो देखिदैन पुरानाहरुलाई बिस्थापित गर्ने नियतले कांग्रेस नचिन्ने, कांग्रेस नपढेका, विपीको हो भन्ने थाहै नभएको जमातले कांग्रेस खाईसकेको छ। तर पनि मै हूं भन्नेर सोच्नु त्यो नेतृत्वको दिवालियापन बाहेक अरु भन्न सकिंदैन। निष्ठावान कांग्रेसीहरू सबैको ध्यान जाओस्। जय नेपाल।

(लेखिका कांग्रेसको पूर्वसासंदसमेत हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्

समस्या समाधानपछि मात्र निर्वाचनमा जानुपर्ने राप्रपाको धारणा

काठमाडौं, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी ले पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा सार्वजनिक गरिएको हालैको...

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...