News Portal

कपिलवस्तु बस दुर्घटनाका मृतक १० जनाको सनाखत

हिमालीसंचार संवाददाता
२९५ पटक

काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बुधबार मध्य राति बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ।

दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहटको औरही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरका सन्जु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्ट छन्।

यसैगरी भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका-२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका-९ बिसफाँटा बस्ने बिमला देवी भट्टको पनि मृत्यु भएको छ।

राति १ बजेतिर महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो।

दुर्घटनामा ३० जना घाइते भएकामा नौ जनालाई बुटवल पठाइएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...