News Portal

५० हजार नदिएको रिसमा ह्यामरले हिर्काएर हत्या

हिमालीसंचार संवाददाता
२६१ पटक

काठमाडौँ। काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले उनीसँगै बस्ने युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका विकाश थापामगर छन्।

ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका दिपेश प्लम्बर हुन्। माघ २७ मा टोखा नगरपालिका–६ धापासीस्थित जस्ताको टहरोमा शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो। अनुसन्धान गर्दै जाँदा उनीसँगै काम गर्ने मजदुरले हत्या गरेको थाहा भएको काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए।

हत्यामा संलग्न आरोपी १८ वर्षका विकाश मृतककै गाउँले हुन्। प्लम्बर पेसामा आफूलाई सहयोग गर्नेगरी विकाशलाई उनले गाउँबाट ल्याएर सँगै राखे। महिनामा १५ हजार ‘तलब दिन्छु’ भनेर दिपेशले आरोपीलाई काठमाडौँ ल्याएको एसएसपी खत्रीले जानकारी दिए।

काठमाडौँ आएको साढे २ महिनासम्म पैसा नपाएपछि विकाशले पैसा मागिरहेका थिए। तर, धापासीस्थित दिनेश खड्काको टहरोमा सँगै बस्ने हुनाले दिपेशले पैसा दिएका थिएनन्।

काठमाडौँका एसएसपी खत्री भन्छन्,‘करिब ५० हजार पैसा लिनुपर्ने कुरा आरोपीले बारम्बार गरेपछि विवाद भएको देखिन्छ। शनिबार दिपेश तरकारी पकाएर गाँजा माड्दै थिए।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार उनी गाँजा सेवनकर्ता हुन्। एकसुरमा गाँजा माडिरहेको अवस्थामा विकाशले उनलाई पछाडिबाट टाउकोमा ह्यामरले हिर्काए। त्यसपछि लगातार ह्यामरले हिर्काएर उनको हत्या गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी खत्रीले जानकारी दिए। खत्री भन्छन्,‘ह्यामरको बिँड नभाँचिउन्जेलसम्म हिर्काएको देखिन्छ।’

हत्यापछि उनी ढोकामा साँचो लगाएर भागेका हुन्। दुई दिनसम्म ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गर्दा दिपेश मृत अवस्थामा फेला परे। गाउँमा खसि र राँगो मार हान्न कहलिएका विकाश थापा मगरले हत्या गर्दा आफूलाई कुनै ‘पश्चाताप’ नभएको अनुसन्धान अधिकृतहरुसँग बताएका छन्। अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘आरोपीले सहजै हत्या स्विकारेका छन्।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...