News Portal

वालिङ महोत्सवमा दुर्गेश थापामाथि जुत्ता प्रहार

हिमालीसंचार संवाददाता
२६४ पटक

काठमाडौं। गायक तथा मोडल दुर्गेश थापामाथि प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन्। शनिबार राति स्याङ्जामा आयोजित वालिङ महोत्सवमा उक्त घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पवलसिंह लामाका अनुसार थापाले प्रस्तुति दिइरहँदा २२ वर्षका एक युवकले उनीमाथि जुत्ता प्रहार गरेका थिए। त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको थियो।

आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएका युवक र गायक थापालाई राखेर छलफल गरेको छ। ती युवकले आफूले जोशमा जुत्ता माथि फाल्दा स्टेजमा पुगेको र आफ्नो हान्ने नियत नभएको बयान प्रहरीलाई दिएका थिए।

दुर्गेशले पनि जुत्ताले आफूलाई नलागेको बताएपछि प्रहरीले दुवै जनाबीच मिलापत्र गराएको थियो। मिलापत्रपछि विवाद साम्य भएको प्रहरी प्रवक्ता लामाले जानकारी दिए। उक्त छलफलपछि प्रहरीले ती युवकलाई छाडेको छ।

वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रममा दुर्गेशले प्रस्तुति दिंदा २० हजार जतिको भीड भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...