मोरङ। मोरङ रंगेली नगरपालिका-७ स्थित कालिमन्दिर चोकमा आमबारीदेखि बिराटनगर जाने क्रममा चेकजाँच गर्दे चाँदीसहित एक जना पक्राउ परेका छन।
को.१ ख.३२११ नम्बरको बसमा बिराटनगर जाने क्रममा भारत जिल्ला अरेरिया आमगाछी पंन्चायत वडा नं.१३ बस्ने २२ वर्षिय मोहमद अलताफले भेडुवानथानबाट सोही बसमा चढेर अवैध रुपमा चाँदी लुकाईछिपाई लगेको गोप्य सुचनाको आधारमा शंका लागि चेकजाच गर्ने क्रममा उनमले बोकेको भिर्ने कालो झोलाबाट चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी २ के.जी.५४८ ग्राम चाँदी सामान फेला पारिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक बुद्धिराम चाैलागाईले जानकारी दिए।
उक्त सामानसहित उनलाई इप्रका रंगेलीमा ल्याई थप अनुसान्धान भईरहेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक चाैलागाईले बताए।