News Portal

लागुओैषधसहित धनकुटाका कुसुम रंगेलीमा पक्राउ

रबिन्द्र बराल
३५५ पटक

माघ १४ आईतवार। मोरङ रंगेली नगरपालिका वडा नंम्बर ६ नेमा टोलस्थित भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ आउदै गरेको को२१प ६०९७ नम्वरको मोटरसाईकल अनियन्त्रित हुदा एकजना घाइते भएका छन।

घाइते हुनेमा धनकुटा साँघगुरीगढी गाउँपालिका वडा नंम्वर २ बस्ने वर्ष ३२ का कुसुम लिम्बु घाइते भएका हुन।

उनकाे साथबाट लुकाई छिपाई राखेको अवस्थामा निलो रङको प्लाष्टिक भित्र गाँजा जस्तो पदार्थ फेला पार्दै ५५ ग्राम रहेको, TRAMANIL लेखिएको ३ (तीन) वटा क्याप्सुलहरु रहेको आधा पत्ता, TRAMANIL लेखिएकै१० क्याप्सुल रहेको खाली पत्ता थान-१ र नेपाली रुपैयाहरु एक हजार दरका नोटहरु १९ (उन्नाईस) थान, पाचँ सय दरका नोटहरु ३१ (एकतीस) थान, एक सय दरका नोटहरु ६४ (चौसठ्ठी) थान, र पचासको दरका नोटहरु २२ (बाईस) थान गरी जम्मा ४२ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

उनलाई लागुओैषध ओसारपाेसारमा मुद्दा दर्ता गरिएको र थप अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक बुद्धिराम चाैलागाईले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...