News Portal

चुरेका सबै स्वास्थ्य केन्द्रमा ग्रामिण अल्ट्रासाउन्ड नि:शुल्क

केबि महरा
२५७ पटक

कैलाली। जिल्लाको चुरे गाउँपालिका भित्रका सबै स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य सेवासहित हरेक महिना अल्ट्रासाउन्ड सेवासमेत बिस्तार गरिएको छ।

पालिकाभित्र रहेका ९ वटै स्वास्थ्य ईकाई मार्फत बिगत दुई बर्ष यता नियमित रुपमा ग्रामिण अल्ट्रासाउन्ड सेवा उपलब्ध गराउन थालिएको चुरे गाउँपालिकाका स्वास्थशाखा प्रमुख गजेन्द्र बिष्टले जानकारी दिनुभयो।

पालिकामा हाल ३ वटा स्वास्थ्य चौकी, २ आधारभूत स्वास्थ्य चौकी तथा ४ सामुदायिक स्वास्थ्य ईकाई रहेका छन्। बिरामीको सहजताका लागि २ वटा एम्बुलेन्स सेवासमेत संचालित रहेको प्रमुख बिष्टले बताउनु भयो।

कैलाली आफैमा सुगम जिल्लाका रुपले परिचित भएपनी मोहन्याल र चुरे गाउँपालिका भौगोलिक तथा बिकासका दृष्टिकोणले अझैँ पछाडी परेका छन्।

बिबिध समस्याकाबिच चुरे गाउँपालिका आधारभुत स्वास्थ्य सेवा विस्तारमा सक्षम बन्दै गईरहेको र आगामी दिनमा स्वस्थ्य सेवालाई केन्द्रमा राखी काम गरिने गाउँपालिका उपाध्यक्ष धना देवि थापाले बताउनु भयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...