News Portal

स्वास्थ्य बिमा मार्फत अतिरिक्त १० प्रतिशत असुल्दै सरकार

केबि महरा
२८६ पटक

काठमाडौ। सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न भन्दै थालनी गरेको स्वास्थ्य बिमा कार्यक्रम, स्वास्थ्य बिमा बोर्डको पछिल्लो निर्णयका कारण थप विवादित बन्दै गईरहेको छ।

कमजोर आर्थिक स्थितिका कारण गरिब जनताले उपचार रकमको अभावमा अकालमै ज्यान गुमाउनु परेको भन्दै हरेक नागरिकले रकम अभावकै कारण मृत्युवरण गर्न नपरोस् भनी स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच विस्तार गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रमको थालनी गरिएको थियो।

एकमुष्ट रुपमा न्युनतम रकम तिरेर बिमा गर्दा वर्ष भरको उपचारमा लाग्ने रकम उक्त बिमा मार्फत ब्यहोर्ने गरि सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको थियो।

पछिल्लो समय बिमित ब्यक्तिले अनावश्यक रुपमा स्वास्थ्य बिमाको दुरुपयोग गर्ने क्रम बढेको भन्दै बिमा बोर्डले आगामी दिनमा स्वास्थ्य बिमामा समाहित हरेक नागरिकले उपचार खर्चको दस प्रतिशत रकम आफैले तिर्नुपर्ने प्रावधान ल्याउने तयारी गरेको स्वास्थ्य बिमा बोर्डका अध्यक्ष गुणराज लोहनीले जानकारी दिएका छन्।

बोर्डको यो तयारी सँगै नागरिक असन्तुष्ट बनेका छन्। सरकारले घोषणा गरेको आफ्नै शुरुवाती निर्णयबाट आफै पछाडि हटेको, आफ्ना नागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर नबनेको भन्दै नागरिकहरुले आक्रोश व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...