News Portal

कोभिडका बेला स्वदेश फर्किएका ६४ नेपाली श्रमिकलाई मलेसियन कम्पनीले तलब लिन बोलायो

हिमालीसंचार संवाददाता
२९० पटक

काठमाडौँ। मलेसियन दुई कम्पनीले ६४ जना नेपाली श्रमिकलाई तलब लिनका लागि बोलाएको छ। कोरोना महामारीको समय नेपाल फर्किए पुनः काममा जान नपाएका नेपाली श्रमिकहरूलाई तलब लिनका लागि बोलाएको हो।

मलेसियाको भेन्चर ग्रुप अन्तर्गत entities Technocom system sdn. Bhd./Pintarmas sdn. Bhd. मा सन् २०१४ देखि ६४ जना नेपाली श्रमिकहरू काम गर्दै आएका थिए। कोरोना महामारीको समय उनीहरू नेपाल फर्किएका थिए। तर, उनीहरूले काम गरेको तलब भुक्तानी गर्न बाँकी थियो। उक्त तलब भुक्तानी गर्न खोज्दा श्रमिकहरू सम्पर्कमा नआएको भन्दै ती कम्पनीहरूले मलेसियास्थित नेपाली राजदूतावासलाई समन्वयका लागि अनुरोध गरेका थिए।

सोही आधारमा दूतावासले कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार विभागलाई पत्र पठाएर सम्पर्कमा ल्याउनका लागि अनुरोध गरेको थियो। सोही आधारमा विभागले उनीहरूले सम्बन्धित काम गरेको कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको हो।

उनीहरूलाई श्रमिकको हालको राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर ठेगानासहित कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको हो।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...